साना भाडाका सवारी साधन किन्न चाहने चालकलाई ५% व्याजमै कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिद गरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने भएको छ ।

केन्द्रिय बैंकले हिजो शुक्रबार ल्याएको मौद्रिक नीतिले स्वरोजगार बन्न चाहने सवारी साधन चालकलाई विशेष स्कीम ल्याएको हो ।

आफ्नो सवारी साधनबाट रोजगार बन्न चाहने नागरिकलाई लक्षित गर्दै राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको छ । बैंक तथा वित्तीय संस्थाले यसरी प्रबाह भएको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न पाउने व्यवस्था गरिदिएको हो ।

अहिले बैंकहरुले ५ प्रतिशत ब्याजदरमा विपन्न वर्ग कर्जा प्रवाह गर्दै आइरहेका छन् । स्वरोजगार बन्ने उद्देश्यले खरिद हुने सवारी साधनमा पनि ग्राहकले ५ प्रतिशत व्याजदरमा नै कर्जा सुविधा पाउने छन् ।

यस्तो व्यवस्थाले अब ट्याक्सी, विद्युतीय रिक्सा, पीकअप भ्यान लगायत सवारीसाधन खरीद गरी स्वरोजगार हुन चाहनेलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।


Back_to_top