आयो ६२ लाख मूल्य पर्ने नयाँ ईभी, २१० एमएम ग्राउन्ड क्लियरेन्स

काठमाडौं । नेक्सन भेन्चर प्रालिले नेपाल ल्याएको नयाँ ईभीको सुरुवाति मूल्य ६१ लाख ९० हजार तोकिएको छ । कम्पनीले ल्याएको नयाँ विद्युतीय गाडी एलएस अटोले उत्पादन गरेको हो ।

एलएस अटो चीनको अटो पाट्स उत्पादक तथा डिजाइन हाउस संघाई लन्च अटोको सहायक कम्पनी हो । नेपाल आएको एलएस अटोको पहिलो मोडल एलइभी-०१ हो । यसलाई कम्पनीले एसई र सीई भेरियन्टमा ल्याएको छ ।

एलइभी–०१ को दुबै भेरियन्टमा समान ब्याट्री र मोटर रहेको छ । यसमा ९९ किलोवाटको मोटर र ६७.१ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । कम्पनीले एसइको मूल्य ६१ लाख ९० हजार तथा एसइको मूल्य ७१ लाख ९० हजार तोकेको हो ।

क्रसओभर एसयूभी डिजाइनमा तयार भएको एलइभी–०१ को लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम र उचाई १६५५ एमएम छ । यमा २७६० एमएम लामो ह्वीलवेस छ ।

कम्पनीले यसमा १९ इन्चको अलोय ह्वील र २१० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिएको जनाएको छ । यसलाई एक पटकको फुल चार्जमा ५०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी गरेको छ ।

एलइभी–०१ मा पानारोमिक मुनरुफ, वायरलेस मोवाइल चार्जर, इलेक्ट्रीक टेलगेट, ३६० डिग्री क्यामेरा, लेबल २ एडास सिस्टम, टचस्कृन डिस्प्ले, हिल होल्ड असिस्ट, मल्टिफङ्सनल स्टेरिङ ह्वील दिइएको छ ।

नक्सालको भाटभटेनी नजिकै शोरुम बनाइरहेको कम्पनीले आगामी साताबाट टेस्ट ड्राइभ सुरु गर्ने तयारी गरेको मेरोअटोलाई जानकारी दियो ।


Back_to_top