दिगोले १९ देखि २२ गतेसम्म अटो कार्निभल गर्ने

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन प्रयोगलाई बढवा दिने मध्येको एक कम्पनी दिगो ग्रुपले भाद्र १९ देखि २२ गतेसम्म काठमाडौंको बल्खुमा रहेको मोर्डन पार्टी प्यालेसमा ‘दिगो अटो कार्निभल’ आयोजना गर्ने भएको छ ।

कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज हुने कम्पनीले जनाएको छ । यसमा सहभागिहरुले आफुसँग भएको कुनै पनि पुराना सवारीसाधनलाई नयाँ विद्युतीय साधनसँग सट्टापट्टा गर्न पाउने छन् ।

यस अवसरमा कम्पनीले नगद छुट, थप मूल्याङ्कन, र सरल वित्तीय योजना दिने जनाएको छ । चार दिनसम्म चल्ने यस कार्निभलमा दिगो ग्रुपले आफ्ना विभिन्न विद्युतीय साधनको प्रदर्शनी गर्नेछ ।

सहभागीहरूलाई गाडीको टेस्ट ड्राइभ गराइने छ । टेस्ट ड्राइभ गर्ने सहभागीहरूलाई आकर्षक उपहार प्रदान गरिने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

दिगोले यस कार्निभलमा सहभागिहरुलाई विद्युतीय साधन, चार्जिङ पूर्वाधार र हाइवेमा बनेका ई-स्टप र त्यहाँका रेष्टुरेन्टका विषयमा पनि जानकारी गराउने जनाएको छ ।


Back_to_top