डेढ महिनामा कति छापिए क्यूआर कोडसहितको लाइसेन्स ?

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले डेढ महिनामा क्यूआर कोडसहितको साढे ६ हजार बढी लाइसेन्स छपाइ गरेको छ ।

गत कात्तिक २१ देखि लाइसेन्स छाप्न सुरु गरेको केन्द्रले हालसम्म ६ हजार ७०० थान लाइसेन्स छापेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री कुलमान घिसिङले आफ्नो १०० दिनको कार्य प्रगति सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।

केन्द्रले आगामी चैत भित्र १२ लाख थान लाइसेन्स छपाइएको जिम्मा पाएको छ । केन्द्रको दैनिक २५ हजार थानसम्म लाइसेन्स छाप्न सक्ने क्षमता भए पनि यातायात व्यवस्था विभागले डाटा उपलब्ध गराउन नसक्दा छपाइ सुस्त भएको हो ।

विभागले हाल दैनिक आवेदनमार्फत प्राप्त हुने अत्यावश्यक लाइसेन्स मात्रै छाप्न केन्द्रमा पठाउँदै आएको छ ।

एकैपटक ठूलो संख्यामा लाइसेन्स छाप्नका लागि डाटा पठाउन आवश्यक सफ्टवेयर निर्माणको प्रक्रियामा रहेको विभागले जनाएको छ ।

विभागमा अनुसार सन् २०२२ मे यता आवेदन दिएका करिब २५ लाख थान लाइसेन्स छाप्न बाँकी छ । सोमध्ये केन्द्रले पहिलो चरणमा १२ लाख थान छाप्ने छ । बाँकी लाइसेन्स छपाइको अझै टुंगो लागेको छैन ।


Back_to_top