काठमाडौं । विशाल ग्रुप अन्तर्गतको भिजी ल्यूवले नयाँ इलेक्ट्रीक कार नेपाल ल्याएको छ । कम्पनीले लिंकटुर नामक कम्पनीले उत्पादन गरेको इलेक्ट्रीक ह्याचव्याक कार ल्याएको हो ।
कम्पनीले नेपाल ल्याएको ह्याचव्याक कारको लम्बाई ३७८० एमएम, चौडाई १६५० एमएम र उचाई १५३० एमएम रहेको छ । यसमा २४१० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
सहरी क्षेत्रको लागि निकै उपयोगी ह्याचव्याक कारमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स रहेको भिजी ल्यूवले जनाएको छ । कम्पनीका अनुसार स्टायन्डर्ड रुपमा दुई एयरव्याग, अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक रहेको कारमा ईबीडी सहितको एबीएस पाउन सकिन्छ ।
साना विद्युतीय गाडीमा उपलब्ध सबै फिचरहरुले भरिएको एफ-१० ह्याचव्याक कारमा ३१.९५ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले पीकपावर ४५ किलोवाट क्षमताको मोटरमा पावर प्रदान गर्छ । यसको अधिकतम टर्क १६० एनएम रहेको छ ।
पाँच जनाले यात्रा गर्न सक्ने यस कारको कर्भवेट ११३० केजी रहेको छ । यसले ३० किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्ने कम्पनीको भनाइ छ । यसमा १५ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।
कम्पनीले यसको अधिकतम बिक्री मूल्य ३० लाख रुपैयाँ निर्धारण गरेर आयात गरेको हो । यसलाई आगामी नाडा अटो शोमा कम्पनीले शोकेस गर्नेछ ।