स्प्लेन्डरको इलेक्ट्रीक भर्सन !

काठमाडौं । भारतीय स्टार्टअप कम्पनीले हिरो स्प्लेन्डर जस्तै देखिने इलेक्ट्रीक मोटरसाइकल उत्पादन गरेको छ । बैंगलोर बेस ‘एडीएमएस’ ब्रान्डले नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले एडीएमएस बक्सर इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो । जुन मोटरसाइकल हेर्दा स्प्लेन्डर जस्तो देखिन्छ ।

कम्पनीका अनुसार यो इलेक्ट्रीक मोटरसाइकलले एक पटकको फुलचार्जमा १४० किलोमिटर रेन्ज दिन्छ ।

यो मोटरसाइकलमा हब माउन्टेड मोटर दिइएको छ भने यसमा लिथियम आयन ब्याट्री प्रयोग भएको छ । बक्सरमा तीन राइडिङ मोड उपलब्ध छ भने इको मोडमा १४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसमा रिभर्स मोडसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

एडीएमएस बक्सरको मूल्य १ लाख २५ हजार भारतीय रुपैयाँ रहेको छ । यो मोटरसाइकलको अगाडिको भाग पूर्णतः हिरो स्प्लेन्डर जस्तो देखिन्छ । यसको हेडलाइट, फ्रन्ट कौल, मडगार्ड, फ्युल ट्याङ्क, सिट डिजाइन र यसको ग्रयाब ह्यान्डल स्प्लेन्डरकै समान रहेको छ ।

यसको साइड प्यानल भने स्प्लेन्डरभन्दा केही फरक देख्न सकिन्छ । यसको ह्यान्डलबार र यसको क्रोम डिजाइन पनि फरक देखिन्छ ।


Back_to_top