सुजुकीले ल्यायो लग्जरी एमपीभी, इन्डोनेशियाबाट सार्वजनिक

सुजुकीले  इन्डोनेशियामा जारी जिआईआईएस २०१९ मोटर शोमा नयाँ सुजुकी आर्टिगा कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले आर्टिगाको नयाँ संस्करणलाई आकर्षक लुक्स, डिजाइन र विशेषता सहित भारतीय बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले भारतीय बजारमा यो मोडललाई आगामी अगस्ट २१ मा सार्वजनिक गर्ने जनाएको छ ।

नयाँ आर्टिगामा नयाँ डिजाइनको हेडल्याम्प, रि–डिजाइन ग्रिल, लेदर अपहोलीस्टीकको विशेषता दिइएको छ । कम्पनीको एमपीभी मोडलको रुपमा आउने आर्टिगा कन्सेप्टमा के १५ बी १.५ एल फोर सिलिन्डर पेट्रोल इन्जिन लगाइएको कम्पनीले जनाएको छ । उक्त इन्जिनले ६ हजार आरपीएममा १०४.७ पीएस पावरका साथै ४४ सय आरपीएममा १३८ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड म्यानुअल र चार स्पीड अटोमेटिक ट्रान्समिसन दिइएको छ ।

त्यस्तै, यस एमपीभीमा एसआरएस एयरब्याग, एबीएस, इबडिी, रियर पार्किङ सेन्सरको विशेषता प्रदान गरिएको छ । यसमा फ्रन्ट ग्रिल र बम्पर डिजाइन, अपडेटेड रियर बम्पर र टेललाइट, नयाँ स्कीड, स्टाइलीस १८ इन्च अलोय ह्वील लगाइएको छ ।

एमपीभीको लम्बाई ४४७० एमएम, चौडाई १७३५ एमएम, उचाई १६९० एमएम र १८० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ । यो मोडलले महिन्द्रा मरोजोसँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ ।


Back_to_top