काठमाडौं । नयाँ इलेक्ट्रीक स्कुटर ल्युयानको नेपाली बजारमा विक्री सुरु भएको छ । जिरो इमिशन राइड नेपालले उक्त इलेक्ट्रीक स्कुटर नेपाल ल्याएको हो ।
कम्पनीले पहिलो चरणमा ‘एमएनके३’ मोडलको मात्र स्कुटर विक्री सुरु गरेको जनाएको छ । कम्पनीले नयाँ बजारमा शोरुम स्थापना गरेर यसको विक्री सुरु गरेको हो ।
कम्पनीले निकट भविष्यमा नै नयाँ मोडलका स्कुटरसमेत भित्र्याउने जनाएको छ । कम्पनीले हाल ल्युयान एमएनके३ मोडलको स्कुटरको विक्री सुरु गरेको हो । यो स्कुटरमा १५०० वाट क्षमताको मोटर जडान गरिएको छ । यसमा ७२ भोल्ट ३२ एम्पीयर २.१६ किलोवाट क्षमतको ब्याट्री रहेको छ । यो ब्याट्री फास्ट चार्जर मार्फत एक पटक फुल चार्ज गर्न ३ घन्टामात्र लाग्ने कम्पनीको दावी छ । एक पटकको फुलचार्जमा यो स्कुटरलाई ८५ किलोमिटरसम्म चलाउन सकिने छ ।
यो स्कुटरमा फ्ल्याट रन टायर, एन्टी थेफ्ट अर्लाम, चाइल्ड लक, एलइडी हेडल्याम्प, एलइडी डिआरएल, डिस्क ब्रेक, मोवाइल चार्जर पोर्ट, व्याकरेस्ट, डिजिटल मिटर, एलइडी टेलल्याम्प, रेन्ज तथा स्पीड इन्डिकेटर, जस्ता फिचर रहेका छन् ।
साथै, यो स्कुटरमा किलेस स्टार्ट, थ्रोटल लक सेन्सर, लिक्वीड कुल्ड सिस्टम, शक यार्व्जरवर जस्ता टक्नोलोजी र १६० को उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
यो स्कुटरको अधिकतम मूल्य १ लाख ५३ हजार ९९९ रहेको छ भने कम्पनीले विक्री सुरु गरेको उपलक्ष्यमा १० हजार नगद छुटसहित १ लाख ४३ हजारमा उपलब्ध गराएको जनाएको छ ।

