काठमाडौं । कुनै समय नेपालमा जापानी कारहरुको बहुल्यता थियो । विशेषत जापान वा पूर्वि एशियाबाट आयात भएर आउने टोयोटा, मित्शुवीसी, निसान, माज्दा, होन्डा जस्ता ब्राण्डले प्रिमियम सेग्मेन्टमा आफ्नो वचश्र्व कायम गरेका थिए ।
विस्तारै अमेरिकी उत्पादन र यूरोपियन उत्पादन बजारमा प्रबेश गरे । स्कोडा, फक्सवागन, प्यूजो, मर्सिडिज, ल्याण्डरोभर, बीएमडब्ल्यू जस्ता ब्राण्डका गाडी नेपाल प्रबेश गरेसँगै जापानी ब्राण्डको तुलनामा यी ब्राण्डहरु नेपालमा प्रिमियम सेग्मेन्टमा हावी हुन थालेका छन् ।
१०/१२ वर्षअघिसम्म जापानी कम्पनीका गाडीलाई प्रिमियम मानेर किन्ने ग्राहकहरु यूरोपियन ब्राण्डका गाडी रोजाईमा पार्न थालेका छन् । यद्यपी जती व्यवस्थितरुपमा जापानी उत्पादन नेपालमा विक्री वितरण भइरहेका छन् । एकाध बाहेक यूरोपियन ब्राण्डले आफ्नो व्यापार व्यवस्थित गर्न सकेका छैनन् ।

जापानी ब्राण्डहरुले भारतमा उत्पादन सुरु गरेसँगै नेपाली ग्राहकले यी ब्राण्ड प्रति हेर्न नजर परिवर्तन गरेको पाइन्छ । उदाहरणको रुपमा टोयोटाले भारतमा उत्पादन गरेका इटिओस सिरिजका विभिन्न ह्याचव्याक, सेडान र क्रसओभर कार नेपाल ल्याएको थियो । तर, यी कुनैपनि कारले नेपालमा राम्रो व्यापार गर्न सकेन । अन्तमा यी सबै भारतमा उत्पादन भएका मोडलको नेपालमा विक्री बन्द भयो । अहिले टोयोटाले भारतमा उत्पादन भएको फच्र्यूनर मात्र नेपालमा विक्री गर्छ । यी बाहेक सबै मोडल जापान, थाइल्याण्ड र इनोनेशियाबाट आयात गरेर विक्री गर्दै आएको छ ।

यूरोपियन ब्राण्ड भएरपनि रेनोलाई नेपालमा यूरोपियन कार मानेर किन्ने ग्राहक भेटिदैनन् । त्यस्तै भारतमा उत्पादन भएको मारुती सुजुकीलाई नेपालमा सुजुकीका कार मानेर किन्ने ग्राहकपनि खासै भेटिदैन । यूरोप कै सबैभन्दा ठूलो गाडी उत्पादक फक्सवागनको अवस्था पनि त्यस्तै छ । कम्पनीले भारतीय उत्पादनमा जोड दिन थालेसँगै यसलाई यूरोपियन गाडीको नजरले हेरेर किन्ने एकदमै कम मानिस भेटिन्छन् ।
किन बलियो बन्द छन् यूरोपियन कार
विषेशत यूरोपमा नै उत्पादन भएर नेपाल आउने कार प्रिमियम गाडी किन्ने खोज्नेको रोजाइमा पर्न थालेका छन् । पछिल्ला दिनमा नेपाल आएका प्यूजो, बीएमडब्ल्यू, मर्सिडिज जस्ता ब्राण्डका गाडी धेरै ठूलो संख्यामा विक्री नभएपनि प्रिमियम गाडी खोज्ने ग्राहकको राजाईमा पर्दै आएका छन् ।

बीएमडब्ल्यूले नेपालमा विक्री सुरु गरेसँगै तयार पारेको सर्भिस र सेल्सको पूर्वाधारबाट धेरै ग्राहक ढुक्क भएको पाइन्छ । यद्यपी यसमा प्यूजो, मर्सिडिज लगायतका ब्राण्डको कमजोरी प्रस्टै देखिन्छ । चाँडै अर्को यूरोपियन ब्राण्ड सिट्रोन नेपाल आउन लागेको छ । यसले कस्तो पूर्वाधार निर्माण गरेर गाडी विक्री गर्छ त्यो भने हेर्न नै बाँकी छ । यद्यपी प्यूजोकै माउ कम्पनी भएकाले यसको अवस्थाको विषयमा अनुमान भने लगाउन सकिन्छ ।

यूरोपियन कार आधुनिक टेक्नोलोजी, आरामदायी यात्रा र सुरक्षा मापदण्डको लागि विश्वभर परिचित रहेका छन् । त्यसैले धेरै रकम खर्च गर्न सक्ने ग्राहकको रोजाईमा यस्ता गाडी पर्नु स्वभाविक मान्न सकिन्छ ।

