काठमाडौं । अमेरिकी प्रिमियम मोटरसाइकल निर्माता कम्पनी हार्ले डेभिडसनले इलेक्ट्रीक साइकल निर्माण गरेको छ । कम्पनीले ‘सिरियल १’ साइकल नामक कम्पनी स्थापना गरेर साइकल उत्पादन सुरु गरेको हो । जुन इलेक्ट्रीक मोटरसाइकल उत्पादन परियोजनाको पहिलो खुड्किलो भएको कम्पनीले जनाएको छ ।
कम्पनीले सन् १९०३ मा उत्पादन गरेको पहिलो मोटरसाइकल सिरियल नम्बर वनबाट यसको नाम लिएको हो ।
हार्लेले तयार गरेको नयाँ सिरियल १ साइकलको विक्री २०२१, मार्चबाट सुरू गर्ने जनाएको छ । उक्त इलेक्ट्रीक साइकलको मूल्य ५ हजार अमेरिकी डलर तोकिएको छ ।
उक्त इलेक्ट्रीक साइकलमा अन्य साधारण साइकलको जस्तै चेनसहित एक सीट र प्याडल समेत रहेको छ । यो साइकलको टप स्पीड २८ किलोमिटर प्रतिघन्टा रहेको छ ।
कम्पनीका अनुसार यो साइकल सिटी राइडका लागि उपयुक्त रहेको छ । यसको अन्य फिचरको बारेमा कुनै जानकारी दिइएको छैन ।

