पोखरामा महिन्द्राका दुई विद्युतीय एसयूभी सार्वजनिक

पोखरा । पर्यटकीय राजधानी पोखरामा महिन्द्रका दुई नयाँ विद्युतीय एसयूभी सार्वजनिक भएको छ ।

नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले पोखरामा आफ्नो नयाँ एसयूभी बीई सिक्स र एक्सईभी नाइन ई बिक्री सुरू गरेको हो ।

पोखरामा महिन्द्राको आधिकारिक बिक्रेता बीबी इन्कर्पोरेटेड प्रालि रहेको छ । कम्पनीले बीई सिक्सको सुरूआती मूल्य ५७ लाख रुपैयाँ र एक्सईभी नाइन ईको ६९ लाख रुपैयाँ तोकेको छ ।

कम्पनीले पोखरामा यी एसयूभीको बुकिङ समेत खुलाएको छ । यससँगै पोखरामा विद्युतीय सवारीको नयाँ चरण सुरू भएको कम्पनीको भनाइ छ ।

महिन्द्राका दुवै एसयूभी पहिलो पटक सन् २०२५ को अगस्टमा नेपाल नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएको थियो । त्यसपछि नेपाली बजारमा यसको माग बढ्दै गएको कम्पनीले जनाएको छ।

अग्नि समूहका अध्यक्ष क्याबिनेट श्रेष्ठले नेपालमा दिगो विकास र ऊर्जा आत्मनिर्भरताका लागि विद्युतीय सवारी महत्वपूर्ण भएको बताए। उनले पोखरा जस्ता शहरमा यस्ता गाडी सार्वजनिक हुनु सकारात्मक कदम भएको उल्लेख गरे।

महिन्द्राले बीई सिक्स

महिन्द्राको इंग्लो प्लेटफर्ममा आधारित बनेका दुवै विद्युतीय एसयूभी माला (एमएएलए) प्रविधिबाट संचालन हुने छन् । निकै सार्प लुक्समा तयार भएको बीई सिक्समा ५९ किलोवाट आवरको ब्याट्री छ । उक्त ब्याट्रीलाई १७५ किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ । यसमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसले ३८० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

साइजमा चल्तीका कम्प्याक्ट एसयूभी सरह रहेको बीई(सिक्सको लम्बाइ ४३७१ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६२७ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । महिन्द्राले इनग्लो प्लेटफर्ममा तयार पारेको नयाँ कुप्पे डिजाइन एसयूभीमा पृथक लुक्स दिने १९ इन्चको ह्वील अप्सन पाउन सकिन्छ ।

यसको इन्टेरियर पनि निकै आकर्षक देखिएको छ । १२.३ इन्चका ड्युल स्क्रीनको कम्बिनेश उत्कृष्ट छ । यसको इन्फोटेन्टमेन्ट सिस्टममा ३० भन्दा धेरै एपहरू इनब्यूल्ट छन् ।

क्वालकमले बनाएको स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको इन्फोटेन्टमेन्ट सिस्टम तीव्र गतिमा चलाउन मिल्छ । फ्ल्याटबटम स्टेरिङ ह्वील, एयरक्फ्र्टमा हुने थ्रस्ट जस्तो आकारमा दिइएको मोड सेलेक्टर, वायरलेस चार्जर, पानारोमिक सनरुफ उपलब्ध छ ।

महिन्द्राले बीई सिक्समा हर्मन कार्डनको १६ स्पीकर, ड्युल जोन क्लाइमेट कन्ट्रोल, मल्टीकलर एम्बियन्ट लाइट, ५ जी कनेक्टीभिटी, लेभल २ एडास फिचर, ३६० डिग्री क्यामेरा, ७ एयरब्याग जस्ता फिचर उपलब्ध गराएको छ ।

महिन्द्रा एक्सईभी नाइन ई

एक्सईभी नाइन ईमा दुई ब्याट्री अप्सनमा उपलब्ध छ । सानो ५९ किलोवाट आवरको ब्याट्रीले ४०० किलोमिटर र ठूलो ७९ किलोवाट आवरको ब्याट्रीले ५५० किलोमिटर माथि रेन्ज दिनेछ ।

१७५ किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्ने यो एसयूभीलाई २० देखि ८० प्रतिशत केबल २० मिनेटमा गर्न सकिन्छ ।

एक्सईभी नाइन ईमा ९९ र १९९ किलोवाटको इलेक्ट्रीक मोटर छ । यसको ड्यासबोर्डमा तीनवटा स्क्रीन दिइएको छ । १२.३ इन्च साइजका तीन स्कृन एक आपसमा जोडिएका छन् । १६ वटा स्पीकर, १४०० वाटको हर्मन कार्डनको साउन्ड सिस्टम, वेलकम र मेरोरी सिट, अगाडि सिट बोस मोड उपलब्ध छ । वायरलेस चार्जर, एलईडी लाइट सहितको प्यानारोमिक क्लास रुफ दिइएको छ ।

यसमा इन्डिपेन्डेन्ट सेमीएक्टिभ ड्याम्पर सस्पेन्स, १९ इन्चको ह्वील, २०७ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । यसको लम्बाइ ४७८९ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६९४ एमएम छ ।


Back_to_top