मासिक ३९९९ रुपैयाँमै याडियाको स्कुटर, पुरानोसँग साट्न पनि पाइने

काठमाडौं । मासिक ३ हजार ९९९ रुपैयाँमै याडिया इलेक्ट्रीक स्कुटर खरिद गर्न पाइने भएको छ ।

नेपालमा याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले संचालन गरेको ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’मा यस्तो सुविधा पाइने भएको हो ।

साथै, यस कार्निभलमा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको स्कुटरसँग याडियाको नयाँ इलेक्ट्रीक स्कुटर एक्सचेन्ज गर्न सक्ने छन् ।

यस अभियान अन्तर्गत ग्राहकहरूले याडिया ओविन र याडिया ई ८ एस प्रो मोडेलहरूमा १५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ । यो अफरमा शर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।

याडिया ओविनको मूल्य २ लाख ३५ हजार रुपैयाँ र ई ८ एस प्रो को १ लाख ९९ हजार रुपैयाँ छ ।

यो एक्सचेन्ज कार्निभल चैत ४ देखि ११ गतेसम्म याडियाका देशभरका शोरुमहरूमा संचालन भइरहेको छ ।

यो अभियानले इलेक्ट्रीक सवारीलाई अझ किफायती, सहज र आकर्षक बनाउँदै वातावरणमैत्री यातायाततर्फ आकर्षित गर्ने लक्ष्य राखिएको कम्पनीको भनाइ छ ।

यस्ता छन् स्कुटर

ई ८ एस प्रो आजको स्मार्ट सवारी प्रयोगकर्ताहरूको लागि तयार पारिएको स्कुटर हो । जसमा शक्ति, प्रविधि र आरामको उत्कृष्ट संयोजन गरिएको छ ।

३००० वाटको मोटर रहेको याडियामा ७२ भोल्ट ३८ एम्पियर ग्राफिन ब्याट्री दिइएको छ । यसले एकपटकको फूलचार्जमा १५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ । याडिया ई ८ एस प्रोमा १२ इन्चका आकर्षक अलोय रिम, हाइड्रोलिक सस्पेन्सन, ३२ लिटरको अन्डर सीट बुट स्पेस, ड्यासबोर्डमा चम्किलो डिजिटल डिस्प्ले र स्मार्ट इन्डिकेटरहरू छन् ।

त्यस्तै, ओविन इटालियन शैलीबाट प्रेरित रेट्रो(मोडर्न डिजाइन र याडियाको अत्याधुनिक प्रविधिको संयोजनमा तयार भएको हो ।

स्मार्ट सिटी कम्युटिङका लागि निर्मित ओविनमा शक्तिशाली २८०० वाटको इलेक्ट्रीक मोटर छ । यसमा २.१६ किलोवाट आवरको एलएफपी ब्याट्री छ । यसले एकपटको फुलचार्जमा १०५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

याडिया ओविनमा क्रुज कन्ट्रोल र रिभर्स असिस्ट जस्ता अत्याधुनिक फिचर समावेस छ । यसले यात्रालाई अझ सजिलो र आरामदायी बनाउँछ ।

कम्पनीले याडिया ओविनमा पनि ३ वर्ष वा ५० हजार किलोमिटरको वारेन्टी दिएको छ ।


Back_to_top