काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले २०२० को फेब्रुअरी ७ देखि १२ सम्म आयोजना हुने अटो एक्स्पोमा तीन नयाँ कार सार्वजनिक गर्ने भएको छ । कम्पनीले उत्तरप्रदेशको नोयोडामा हुने उक्त एक्स्पोमा आफ्नो चर्चित एसयूभी स्कर्पियो, एड्भेन्चर अफरोड एसयूभी थार र इलेक्ट्रीक माईक्रो एसयूभी केयूभी १०० सार्वजनिक गर्ने तयारी गरिरहेको हो ।
कम्पनीले यी कारहरुको विभिन्न चरणमा भारतीय सडकमा परिक्षण गरिरहेको छ । उक्त तीन वटै कार कम्पनीको बहुप्रतितिक्ष मोडलका रुपमा रहेको छ ।
नेपाली बजारमा समेत यी तीन वटै कारको बिक्री वितरण हुनेछ । अहिलेपनि यी तिन वटै मोडलको नेपालमा बिक्री वितरण भइरहेको छ ।
अल न्यू स्कर्पियो
महिन्द्राको चर्चित एसयूभी स्कार्पियो नयाँ अवतारमा बजारमा आउने भएको छ । महिन्द्राले स्कर्पियोमा २.० लिटर डिजेल इन्जिनको प्रयोग गरेको छ । यो इन्जिनले रेगुलर मोडलमा उपलब्ध २.२ लिटर एमहक युनिटलाई रिप्लेस गर्नेछ । यसले १६० हर्ष पावरका साथै ३२० एनएम टर्क उत्पादन गर्छ । फोर ह्वील ड्राइभ सिस्टममा आउने यो मोडलमा ६ स्पीड म्यानुअल गियरबक्स लगाउने कम्पनीले जनाएको छ ।

कम्पनीले अल न्यू महिन्द्रा स्कर्पियोमा बडी अन फ्रेमको कन्स्ट्रक्सन दिइएको छ । यसको फ्रन्ट र रियरमा आकर्षक स्टाइल दिइएको छ भने स्कर्पियोको हेडल्याप परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।
यसको इन्टेरियरमा उत्कृष्ट विशेषता दिइएको छ भने क्याबिनलाई आकर्षक ढंगबाट सजाइएको छ । रेगुलर मोडलको तुलनामा नयाँ स्र्को्पियोको क्याबीन फिचर प्याक हुनेछ ।
अल न्यू थार
महिन्दाले अटो एक्स्पो २०२० मा सार्वजनिक गर्ने अर्को चर्चित एसयूभी थार हो । एड्भेन्चर ड्राइभमा जान चाहने ग्राहकको लागि ल्याइएको थार यसअघि नै नेपाली बजारमा समेत निकै चर्चित रहेको छ ।
पुरानो मोडलको तुलनामा केही ठूलो साइज र आकर्षक डिजाइनमा आउने भएको महिन्द्रा थार नयाँ प्लाटफर्ममा निर्माण भएको एसयूभी हो । माचो लुक्समा निर्माण महिन्द्रा थारमा कन्टेम्प्रोरी डिजाइन दिइएको छ । जीपको र्याङ्लरको जस्तै शोरुप निर्माण भएको यो मोडल स्ट्रङ्ग हुने जनाइउको छ ।

पुरानो मोडलमा तुलनमा नयाँ थारमा आकर्षक हेडल्याम्प, सिंग्नेचर ७ फ्लाट ग्रिल, नयाँ प्यानल दिइएको कम्पनीले जनाएको छ । साथै, नयाँ थारमा आकर्षक क्याबिन दिएको छ । यसमा कम्फर्ट, सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, टचस्क्रिन इन्फोटेनमेन्ट युनिट, डबल फ्रन्ट एयरब्याग, लेदर अपहोलस्ट्री लगायतकोे विशेषता दिइएको छ ।
यसमा २.० लिटर डिजेल इन्जिन लगाइएको छ । थारमा रिफाइन, रिलाइबल र फ्युल इफिसियन्ट इन्जिन दिइएको कम्पनीले जनाएको छ । यसमा उपलब्ध इन्जिनले १४० पीएस पावरका साथै ३२० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसनमा आउने यस मोडलमा फोर ह्वील ड्राइभ सिस्टममा रहने छ । कम्पनीले नयाँ महिन्द्रा थारलाई सफ्ट टप र हार्ड टप दुई भेरियन्टमा ल्याउने छ ।
इलेक्ट्रीक केयूभी १००
महिन्द्राले इलेक्ट्रीक माइक्रो एसयूभी ‘केयूभी–१००’ को प्रोटोटाइप रिभ्यू गरिरहेको छ । महिन्द्राले इलेक्ट्रीक केयूभी–१०० लाई प्राथमिकताका साथ उत्पादन गर्ने उद्देश्यले प्रोटोटाइपको रिभ्यू पुरा गरेको हो । कम्पनीले भारतीय बजारमा यसलाई आगामी फेब्रुअरी पहिलो साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

नेपाली बजारमा सुरुवातदेखि नै इलेक्ट्रीक कार बिक्री गर्दै आएको कम्पनीले केयूभी १०० पनि भारतमा सार्वजनिक भए लगत्तै नेपाल ल्याउने अनुमान गरिएको छ ।
यो कारमा ४० किलोवाटको नयाँ मोटर दिइएको छ । यसमा प्रयोग भएको व्याट्री ५ घण्टा ४५ मिनेटमा घरायसी प्रयोजनको रेगुलर चार्जरबाट फुल चार्ज गर्न सकिन्छ भने, ४५ मिनेटमा फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी गरेको छ ।
इकेयूभी–१०० ले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्म माइलेज दिने छ । यो गाडीको लम्बाई ३७०० एमएम, चौडाई १७३५ एमएम र उचाई १६५५ एमएम रहेको छ भने ह्वीलवेस २३८५ एमएम रहेको छ ।
लिथियम आयोन व्याट्री प्रयोग भएको महिन्द्रा इकेयूभी–१०० करिब २५ देखि ३० लाख रुपैयाँसम्ममा नेपालमा बिक्री हुने अनुमान गर्न सकिन्छ । महिन्द्राको इकेयूभी निक्कै प्रतिक्षित कारको रुपमा रहेको छ ।

