इटालियन मोटरसाइकल बुक्यानिर २५० नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा क्लासिक लुक भएका भिन्टेज लाइनका बाइकको माग दैनिक बढ्दै गएको छ ।  मागसँगै यो सेग्मेन्टका नयाँ बाइक नेपाली बजारमा भित्रिरहेको छन् । यसैबीच, नेपाली बजारमा इटालियन कम्पनी इटलजेटको बुक्यानिर २५० आइ मोटरसाइकल बिक्री वितरण हुँदै आएको छ । यो बाइकमा २५०सीसी भि–ट्वीन ४ स्ट्रोक इन्जिन लगाइएको छ ।

यसमा उपलब्ध फ्युल इन्जेक्टेड एयरकुल्ड एसओएसी इन्जिनले ८ हजार आरपीएममा १४ किलोवाट पावरका साथै  ६ हजार आरपीएममा १९ एनएम टर्क उत्पादन गर्छ ।  यसको इन्जिनमा पाँच स्पीड गियरबक्स दिइएको छ । १४ लिटर क्षमताको फ्युल ट्यांकी भएको यो बाइकको तौल १२८ किलोग्राम रहेको छ । यसको फ्रन्ट र रियरमा १७ इन्चको स्पोक ह्वील लगाइएको छ ।

लम्बाई २०६० एमएम, चौडाई ७५० एमएम, उचाई १०९० एमएम भएको बाइकको ह्वीलवेश १४४० एमएम रहेको छ । यसको सिट हाइट भने ८२० एमएम रहेको छ  । यसको अगाडि चक्कामा २८० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक लगाइएको छ । यसको फ्रन्टमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन लगाइएको छ भने रियरमा हाइड्रोलिक मनोशक दिइएको छ । नेपाली बजारमा यो बाइकले रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्दै आएको छ । यो बाइक नेपाली बजारमा ५ लाख ६१ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रतिघन्टा १३१ किलोमिटरको टप स्पीड क्षमता भएको इटलजेट २५० आइले एक लिटरमा ३० किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यसमा आकर्षक प्रोजेक्टर हेडल्याम्प,  पाइलट ल्याम्प, एलइडी टेललाइट लगायतका विभिन्न विशेषता दिइएको छ । 


Back_to_top