महिन्द्रा केयर फेस्ट २०२१​ आयोजना हुँदै

काठमाडौं । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रालिले महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ । कम्पनीले पौष २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट​ आयोजना गर्ने भएको हो ।

सो अवधिभरि महिन्द्राका नेपाल भरि रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमा महिन्द्राका दक्ष प्राविधिकहरुले गाडीको फ्रि ६० पोइन्ट भेहिकल चेकअपका गर्नेछन् । यसका साथै उक्त अबधिभर विशेष छुट तथा आकर्षक ​उपहारसमेत ग्राहकले प्राप्त गर्न सक्नेछन ।

प्रत्येक वर्ष ग्राहकहरुलाई थप सेवा प्रदान गर्न देशव्यापी रुपमा महिन्द्राले संचालन गर्दै आएको महिन्द्रा केयर फेस्ट क्याम्प यस वर्ष कोभिड​–१९ का सतर्कता अपनाएर आयोजना गरिने कम्पनीले जनाएको छ ।


Back_to_top