डेरी र दिगोका विद्युतीय कारमा कडा प्रतिस्पर्धा, यस्ता छन् फिचर (मूल्यसहित)

काठमाडौं । नेपालमा विद्युतीय कार निकै चर्चामा रहँदै आएको छ । टेक्नोलोजी, प्रदुषण रहित र ध्वनी रहित रहने यस्ता साधनमा सरकारले कर बढाएसँगै पछिल्ला दिनमा यसको चर्चा पुनः सुरु भएको छ ।

चीनमा उत्पादन भएका साना र कम मूल्यका विद्युतीय कार अहिले बजारमा विक्री भइरहेका छन् । दिगो ग्रुपले आफ्नै ब्राण्ड नेममा दिगो इ८ नेपालमा विक्री गर्दै आएको छ । त्यस्तै अटोहोस्टले नेपालमा विक्री सुरु गरेको डेरी ब्राण्डले दुई मोडल विक्री गर्दै आएको छ । यस्तोमा यी दुई कारमा रहेका फिचरलाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

अटोहोस्टले नेपाल ल्याएको  इएम ७ मोडल इलेक्ट्रीक तथा सोलार जडान भएका कार हाे । अटोहोस्टकाे इभी ७ र दिगोको इ८ भने इलेक्ट्रीक कार हो । विशेषत यी दुबै कार  सहरी क्षेत्रलाई मध्यनजर गर्दै ल्याइएका हुन् ।

दिगो इ८ मा १५.२ किलोवाट आवरको लिथियम आयोन फस्फोरस व्याट्री दिइएको छ । उक्त व्याट्रीलाई ३ किलोवाटको घरायसी विजुलीबाट ५ घन्टामा फुल चार्ज गर्न सकिन्छ । यसलाई एक पटकको फुलचार्जमा १५० किलोमिटर सम्म गुडाउन सकिन्छ ।

डेरी ब्राण्डको इभी ७ मोडलमा कम्पनीले १५० एम्पीयर आवरको लिथियम आयोन व्याट्री प्रयोग गरिएको छ । यी कारले एक पटकको फुल चार्जमा १५८ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । सोलार प्यानल जडान भएको इएम ७ को रेञ्ज भने केहि बढी रहेको छ । यसले फुल चार्जमा १७४ किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । दुबै कारको उच्चगति क्षमता ६० किमि प्रतिघण्टा रहेको छ ।

दिगो इ८ मा १६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । साथै, गाडीमा पावर स्टेरिङ, डिस्क र ड्रम ब्रेक जस्ता फिचर समाबेस गरिएको छ ।

स्टायडर्ड र इकोनोमिक ड्राइभिङ मोड रहेको उक्त गाडीमा इलेक्ट्रोनिक्स ब्रेकिङ ओआरभीएम, हिल एसिस्ट कन्ट्रोल, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, एसी, हिटर, पावर विन्डो, रिमोट अनलक, व्याट्री म्यानेजमेन्ट सिस्टम, फगल्याम्प जस्ता प्रिमियम फिचर रहेको छ ।

डेरीका इलेक्ट्रीक कारहरूमा १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेकाे छ । यी कार मूल्यका हिसावले उत्कृष्ट रहेको कम्पनीको दाबी छ । कम्पनीको अनुसार इभी ७ को मूल्य २५ लाख ९९ हजार र इएम ७ को २६ लाख ५० हजार रुपैयाँ छ । दिगो इ८ को मूल्य २४ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

ह्याचव्याक डिजाइनमा आएका यी दुबै कारमा दिगो इ८ ठूलो रहेको छ । दिगो इ८ को लम्बाई ३६१० एमएम, चौडाई १५७० एमएम र उचाई १४९० एमएम रहेको छ । साथै ह्वील वेस २४३५ एमएम रहेको छ ।

डेरीका दुई कार मध्ये इभी ७ को लम्बाई ३४८० एमएम, चौडाई १५७० एमएम र उचाई पनि १५७० एम रहेको छ भने ह्वीलवेस २२९७ एमएमको रहेको छ । इएम ७ अझै छोटो रहेको छ । यसको लम्बाई ३३८० एमएम, चौडाई १५५० एमएम र उचाई १५०० एमएम मात्रै छ भने यसको ह्वीलवेस २२६० एमएम रहेको छ ।

यी कारमा हिल असिस्ट, पावर विन्डो, एसी, हिटर, टचस्कृन, रियर भ्यू क्यामेरा, सेन्ट्रल लक, रिमोट कि, अलोय ह्वील जस्ता फिचर दिइएको छ ।


Back_to_top