काठमाडौं । अग्नी ग्रुपले धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा–२ मा महिन्द्राको ट्वीनपिक्स ब्राण्डेड शोरूम संचालनमा ल्याएको छ । कम्पनीले असोज ३० गते (मंगलबार) देखि उक्त शोरुम संचालनमा ल्याएको हो ।
उक्त शोरुमको उद्घाटन नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ, महिन्द्रा एण्ड महिन्द्राका भाइस प्रेसिडेन्ट–अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्रा, महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकर र अग्नि ग्रुपका डेपुटी सेल्स डाइरेक्टर बर्दान बस्नेतले संयुक्त रुपमा गरेका हुन् ।
अग्नीले जनकपुर शोरुमबाट महिन्द्रका फ्ल्यागशिप ग्लोबल एसयूभीहरु स्कर्पियो एन, XUV 700 र XUV 300 को बिक्री गर्नेछ । साथै, ग्राहकलाई बिक्रीपछिको सेवा र पार्टपूर्जा शोरुमबाटै उपलब्ध गराउने छ ।
काठमाडौंमा र इटहरीमा स्कर्पियो एन,XUV 700 र XUV 300 को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछि यो शोरुम क्षेत्रीय स्तरमा दोस्रो आधिकारिक शोरूम बनेको छ ।

महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्ष–अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्राले कम्पनीले उपभोक्ताको चाहनामा आधारित विभिन्न शृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा ध्यान केन्द्रित गरेको बताए । ‘कम्पनीले उपभोक्ताको चाहनामा आधारित विभिन्न शृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा ध्यान केन्द्रित गरेको छ । । अग्नि ग्रुपले आफ्नो ट्वीन पीक ब्रान्डको आफ्नो क्षितिजलाई नेपालभरका धेरै स्थानहरूमा विस्तार गर्न सक्रिय रूपमा महिन्द्रा एसयूभीहरू आफ्ना विद्यमान र सम्भावित ग्राहकहरू दुवैलाई पहुँचयोग्य बनाउन सक्रिय रूपमा योजना सुरू गरेकोेमा हाम्रो पूर्ण रुपमा साथ छ,’ उनले भने ।
अग्नि ग्रुपका डेप्युटी सेल्स डाइरेक्टर बर्दान बस्नेतले जनकपुरको सुविधासम्पन्न आउटलेटले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवासहितको सुविधा दिने बताए ।
‘यो सुविधासम्पन्न आउटलेटले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवासहितको सुविधा दिने छ । यसले ग्राहकवर्ग लाभान्वित हुनेमा हामी विश्वस्त छौं । यस नयाँ ट्वीन पिक्स सिरिजले मधेश प्रदेशमा सकारात्मक बजार राख्ने कुरामा हामी आशावादी छौं,’ उनले भने ।
यस क्षेत्रमा नयाँ ट्विन पिक्स शोरुम स्थापनाले आगामी दिनमा ग्राहक र कम्पनीबीचको विश्वासलाई थप मजबुत बनाउन नयाँ उद्यमीलाई फाइदा पुग्ने कम्पनीले जनाएको छ ।


