ल्यापटप बनाउने कम्पनीले बनायो ‘फोरजी’ इलेक्ट्रीक स्कुटर

काठमाडौं । ताइवानी हार्डवेयर र इलेक्ट्रोनिक्स कम्पनी ‘एसर’ले इलेक्ट्रीक स्कुटर मुभी १२५ फोरजी सार्वजनिक गरेको छ ।

भारतीय बजारमा एसरले मुभी १२५ फोजी १ लाख रुपैयाँ ९एक्स शोरुम० मूल्य निर्धारण गरेर सार्वजनिक गरेको हो ।

भारतमा यस इलेक्ट्रीक स्कुटरको बिक्री र सर्भिसको काम ईबाइकगो लिमिटेडले गर्नेछ ।
मुभी १२५ फोरजी इलेक्ट्रीक स्कुटर मुम्बईस्थित ईभी स्टार्टअप कम्पनी ईबाइकगोद्धारा डिजाइन र उत्पादन गरिएको हो ।

योसँगै कम्पनीले एसर ब्राण्डमा दुईपाँग्रे र तीनपाँग्रे ९ईबाइक, ईस्कुटर, र ईट्राइक्स० उत्पादन गर्ने लक्ष्य लिएको बताएको छ । यसका लागि ईबाइकगोले सहयोग गर्ने कम्पनीले बताएको छ ।

एसर मुभी १२५ फोरजीमा ठूलो आकारको डायमिटर अलोय ह्वीलको प्रयोग गरिएको छ ।

यूरोपियन टेक्नोलोजीमा उत्पादित यो स्कुटरमा गोलाकार एलईडी हेडल्याम्प, स्वाप एबल ब्याट्री, ४ इन्च एलसीडी स्क्रीन, स्मार्ट कनेक्टजस्ता फिचर पाउन सकिन्छ ।

यो स्कुटरलाई फुलचार्ज गरेर ८० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यसको टप स्पीड ७५ किलोमिटर रहेको कम्पनीले जनाएको छ ।

कम्प्याक्ट डिजाइनमा निकै आकर्षक लुक्स रहेको यो स्कुटरको अन्य फिचरहरूको बारेमा कम्पनीले केही खुलाएको छैन ।


Back_to_top