महिन्द्रा एक्सयूभी-३०० को भारतमा आक्रामक बिक्री शुरुवात

महिन्द्रा एन्ड महिन्द्राले स्याङ्योङ्को प्ल्याटफर्ममा भारतमा निर्माण गरेको पहिलो  कम्प्याक एसयूभी एक्सयूभी-३०० ले भारतीय बजारमा मार्च महिनामा ४ हजार ७ सय ४२ यूनिट बिक्री गर्न सफल भएको छ । 

गत फ्रेब्रुअरीको १४ तारिकमा लन्च भएको यो एसयूभी उक्त महिनामा ४ हजार ४ सय ८४ यूनिट बिक्री भएको थियो । एक्सयूभी-३०० मार्चको बिक्री संख्यामा भारतीमा उत्पादन हुने ४ मिटर लम्बाईसम्मका कम्प्याक एसयूभीहरु फोर्डको इकोस्पोर्ट, होन्डाको डब्लुआरभी तथा महिन्द्राकै टियूभी-३०० भन्दा धेरै रहेको छ ।

यो सेग्मेन्टमा मारुतीको भिटारा ब्रेजा सबैभन्दा बढि बिक्री हुने कम्प्याक एसयूभी हो भने टाटाको नेक्सनले पनि आफ्नो एनक्याप रेटिङ्गमा फाइभ स्टार पाएसँगै आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । 

यहि सेग्मेन्टमा फाइट गर्नका लागि यसै महिना हुन्डाईले आफ्नो नयाँ मोडल भेन्यू लन्च गर्दैछ । यस्तोमा भारतीय बजारमा कम्प्याक एसयूभी सेग्मेन्टमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

महिन्द्राको यो नयाँ एसयूभी नेपाली बजारमा सार्वजनिक भइसकेपनि बिक्री वितरण भने सुरु भएको छैन । संभवत बैशाख महिनादेखि यसको नेपाली बजारमा बिक्री सुरु हुनेछ ।


Back_to_top