महिन्द्राले फेब्रुअरी १४ मा सार्वजनिक गर्ने तयारी गरेको एक्सयूभी–३०० को सबै भेरियन्टको विशेषता लिक भएको छ । कम्पनीले आफ्नो बहुप्रतिक्षित कम्प्याक एसयूभीलाई चार भेरियन्ट डब्ल्यू–४, डब्ल्यू–६, डब्ल्यू–८ र डब्ल्यू–८ अप्शनलमा सार्वजनिक गर्ने भएको छ ।
यसरी कम्पनीले सार्वजनिक गर्न लागेको चारवटै भेरियन्टमा कुनमा के विशेषता रहेको छ भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छौं ।
एक्सयूभी–३०० डब्ल्यू–४ भेरियन्टमा डबल फ्रन्ट–एयरब्याग, अटो सिस्टम विथ फोर–स्पीकर, एबीएस ईबीडी, आईएसओफिक्स चाइल्ड–सिट एन्कोरेज, इलेक्ट्रीकल्ली एड्जस्टेबल ओआरभीएमएस, इलेक्ट्रीकल्ली टेलिगेट रिलिज, गियरसिफ्ट इन्डीकेटर, मल्टीपल स्टेरिङ्ग सेटिङ्ग, १६ इन्च स्टील ह्वील लगाइएको छ ।

महिन्द्रा एक्सयूभी–३०० डब्ल्यू–६मा किलेस–इन्ट्री, मल्टीपल फक्सन स्टेरिङ्ग ह्वील, ह्वील क्याप, अपर र लोअर–ग्रिलमा सिल्भर एक्सेन्ट, डोर–क्लेडिङ्ग, ब्लाक रुफ–रेल्स, रियर–स्पोइलरजस्ता विशेषता दिइएको छ ।
महिन्द्रा एक्सयूभी–३०० डब्ल्यू–८ भेरियन्टमा किलेस–इन्ट्री, पुश–वटन स्टार्ट, ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार–प्ले, एन्ड्रोइड अटो, टु–ट्वीटर, फ्रेब्रिक अपहोल्स्ट्री, लेदर–र्याप स्टेयरिङ्ग ह्वील र गियर–नोभ, ईएसपी हिल–होल्ड, इन्जिन स्टार्ट–स्टप, डबल–जोन एसी, क्रूज कन्ट्रोल, रिभर्स पार्किङ्ग क्यामरा गाइडलाइन, सिक्स–वे एड्जस्टेबल ड्राइभर–सिट, अटो हेडल्याम्प र वाइपरको विशेषता दिइएको छ ।
यसको अलवा, इलेक्ट्रीकल्ली फोल्डेबल ओरभीएमएस, एम्बीएन्ट इन्टेरियर लाइटिङ्ग, वान–टचअप डाउन ड्राइभर साइड–विन्डो, १७ इन्च आलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएलएस, सिल्भर फिनिश–फ्रन्ट एन्ड रियर–स्किड प्लेट दिइएको छ ।
महिन्द्रा एक्सयूभी–३०० डब्ल्यू–अइट(अप्सनल)मा एयरब्याग, लेदर–अप होल–स्ट्री, अटो डिमिङ्ग आइआरभीएम, टायर प्रेशर मोनिटरिङ्ग सिस्टम, फ्रन्ट पार्किङ्ग सेन्सर, १७ इन्च अलोय ह्वील, इलेक्ट्रीक सनरुफ, सिल्भर–कलर रुफरेललगायतका विशेषता दिइएको छ ।

कम्पनीले यो मोडलमा २६५ लिटर बुटस्पेशकासाथै १८० एमएम ग्राउन्ड–क्लियरेन्स दिएको छ । यसमा दिइएको पेट्रोल इन्जिनले प्रतिलिटर १७ किलोमिटर माइलेज प्रदान गर्छ भने डिजेल इन्जिनले प्रतिलिटर २० किलोमिटर माइलेज प्रदान गर्छ ।
यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ । साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५ सय २५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ ।


