टाटा मोटर्सले जेनेभा अटो शोमा टाटा ४५ एक्सको इलेक्ट्रीक भर्सन प्रदर्शन गर्ने भएको छ । कम्पनीले मोटर शोमा योसँगै अन्य चारवटा नयाँ प्रोडक्ट प्रदर्शन गर्ने तयारी गरेको हो ।
केही समय अगाडिमात्रै अल न्यू टाटा ह्यारिएर सार्वजनिक गरेको कम्पनीले टाटा–४५ एक्स बजारमा ल्याउने तयारी गरेको छ । यो प्रोडक्टले मारुती सुजुकी बलेनो, हुन्डाई इलाइट आई–२० सँग प्रतिस्पर्धा गर्नेछ । टाटा–४५ एक्स कम्पनीको पहिलो प्रिमियम ह्याचब्याक ब्रान्ड हो ।
पछिल्लो समय इलेक्ट्रीक भेहिकलको उत्पादनमा केन्द्रित भएको कम्पनीले २०१८ अटो एक्स्पोमा टियागो–ईभी र टिगोर–ईभी प्रदर्शन गरेको थियो । कम्पनीले इलेक्ट्रीक टिगोरको लागि भारत सरकारबाट अुनमति लिइसकेको जानकारी दिएको छ ।
टाटा–४५ एक्सको इलेक्ट्रीक भर्सनले टियागो–ईभी र टिगोर–ईभीलाई पछ्याउने कम्पनीको अपेक्षा छ । कम्पनीले यस मोडल निकै जेनेभा अटो शोमा आक्रर्षणको केन्द्र बन्ने अपेक्षा लिएको छ ।
टाटाले विभिन्न विशेषता उपलब्ध टाटा–४५ एक्सलाई भने यो वर्षको अन्त्यसम्ममा बजारमा सार्वजनिक गर्नेछ ।

