महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी ‘XUV800’, रेन्ज ५०० किमि माथि

काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले नयाँ इलेक्ट्रीक एसयूभी ‘एक्सयूभी ८००’को तयारी गरिरहेको समाचार बाहिर आएको छ । कम्पनीले ‘बर्न इलेक्ट्रीक भिजन’मा आधारित रहेर एक्सयूभी ८०० ल्याउने तयारी गरेको हो ।

महिन्द्राले पाँच नयाँ कन्सेप्ट अगस्ट १५ तारिखमा सार्वजनिक गर्दैछ । त्यही ५ मध्येको एउटा मोडल हो एक्सयूभी ८०० । महिन्द्राको बेलायत स्थित अक्सफोर्ड सायर डिजाइन हाउसले यी कन्सेप्टहरु सार्वजनिक गर्ने भएको हो ।

महिन्द्राले एक्सयूभी ८०० को कोड नेम डब्लू ६१० राखेर काम अगाडि बढाइरहेको छ । दुई मोटर अप्सनमा आउने एक्सयूभी ८०० फ्रन्ट ह्वील र अल ह्वील ड्राइभ अप्सनमा आउने छ ।

नयाँ इलेक्ट्रीक एसयूभीको साइज एक्सयूभी ७०० को बारबर हुनेछ । यसको ह्वील वेस २७५० एमएम रहने छ । ‘बर्न इलेक्ट्रीक स्केडबोर्ड प्लेटफर्म’मा बन्ने यो कार महिन्द्राको दोस्रो इलेक्ट्रीक एसयूभी हुनेछ । यही प्लेटफर्ममा एक्सयूभी ४०० बजारमा आउने छ ।

फक्सवागेनसँगको सहकार्यमा विद्युतीय कारको विकासमा लागेको महिन्द्राले यसमा रहने ब्याट्री र मोटर साइजको विषयमा कुनै जानकारी प्राप्त भएको छैन । यद्यपि फक्वागेन आइडी फोरमा रहेको ७७ किलोवाट क्षमताको ब्याट्री यसमा रहने छ । यसको रेन्ज ५०० किमिभन्दा माथि हुनेछ ।


Back_to_top