सुर्खेतमा महिन्द्राको बोलेरो म्याक्स पिकअप सार्वजनिक

काठमाडौं । सुर्खेतमा महिन्द्राको बोलेरो म्याक्स पिकअप सार्वजनिक भएको छ ।

नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्करपोरेटेड प्रालिले सुर्खेतमा म्याक्स पिक अपको दुई भेरियन्ट बिक्री सुरू गरेको हो ।

कम्पनीले बोलेरो म्याक्स एचडी १.७ एलएक्स र एचडी २.० एल एसएक्स आइ भेरियन्ट बिक्री सुरू गरेको हो ।

कम्पनीले एचडी १.७ एलएक्स मोडलको मूल्य २९ लाख ९५ हजार रुपैयाँ र एचडी २.० एसएक्सआई मोडलको मूल्य ३२ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।

२ हजार किलोग्रामसम्मको भार बहन क्षमता भएको बोलेरो म्याक्स पीकअप सबै किसिमका बाटोको लागि उपयोगी मानिन्छ । कम्पनीले ल्याएको एचडी १.७ पीकअप फलफूल, खाद्यान्न तथा तरकारी ओसार पसार गर्न निकै उपयोगी हुन्छ । यो पीकअप सहर भित्र साना ढुवानी गर्न सबैभन्दा उत्तम हुन्छ ।

एचडी २.० मा १० फिट लामो कार्गो स्पेस पाउन सकिन्छ । लामो ढाला र दुई टन भार बोक्न सक्ने बोलेरो म्याक्स पीकअप लोड बोक्ने क्षमताको आधारमा ‘सेग्मेन्ट लिडर’ हो ।

बलियो चेसिस र बडी संरचनाको कारण यसलाई जस्तो सुकै कठिन बाटोमा पनि चलाउन सकिन्छ । यसमा १६ इन्चको ठूलो ह्वील दिइएको छ । खासगरी निर्माण क्षेत्र, कृषि, ग्यास, पानी जस्ता वस्तु लामो दुरीमा बोक्न पर्दा यसको प्रयोग गर्न सकिन्छ ।

यी पीकअपमा ‘एमटूडीआई’ इन्जिन दिएको छ । उक्त इन्जिनको टर्क २२० न्यूटन मिटर रहेको छ । पहिलो पटक कम्पनीले बोलेरो पीकअपमा एसी र हिटर दिएको छ ।


Back_to_top