भारतमा कार बिक्रीमा उच्च गिरावट, कियाले लियो तेस्रो स्थान (सूचीसहित)

काठमाडौं । कोरोना (कोभिड १९) भाइरसको कारण विश्व अर्थतन्त्रमा निकै ठूलो असर परिरहेको छ । यस्तोमा गाडी उत्पादकले पनि आफ्नो उत्पादन बन्द गरेर बसेका छन् ।

भारतीय बजारमा हुने गाडी बिक्रीले नेपालमा हुने माग र बिक्रीलाई केही हदसम्म देखाउने गरेको छ । कोरोना संक्रमण बढ्न थालेपछि भारत सरकारले लक डाउन गर्नुअघि मार्च महिनामा बिक्री भएको गाडीको तथ्यांक बाहिर आएको छ ।

भारतीय अटोमाइवल उत्पादक संघले सार्वजनिक गरेको तथ्यांकमा सबै कम्पनीको बिक्रीमा भारि गिरावट आएको छ । मार्चमा सबैभन्दा बढी बिक्री घट्ने कम्पनीमा फक्सवागन, फियात क्राइसलर, महिन्द्रा, होन्डा र निसान रहेका छन् । यी कम्पनीको बिक्री अघिल्लो वर्षको मार्चमा भन्दा ७० प्रतिशतभन्दा बढीले घटेको छ ।

सबैभन्दा कम बजार हिस्सा गुमाउने कम्पनीमा हुन्डाई, टोयोटा र मारुती सुजुकी रहेका छन् । यी कम्पनीले ५० प्रतिशतभन्दा कम नै गुमाएका छन् ।

किया बन्यो तेस्रो ठूलो कम्पनी

भारतमा नयाँ ब्राण्डको रुपमा बिक्री सुरु गरेको किया फेब्रुअरीपछि मार्चमा पनि तेस्रो धेरै गाडी बिक्री गर्ने कम्पनी बनेको छ । कम्पनीले मार्चमा ८ हजार ५८३ यूनिट गाडी बिक्री गर्दै ६.१ प्रतिशत बजार हिस्सा सहित तेस्रो ठूलो कम्पनी भएको छ ।

कियाले टाटा, महिन्द्रा, टोयोटा जस्ता भारतमा स्थापित ब्राण्डलाई पछि पार्दै तेस्रो स्थान हासिल गरेको हो ।


Back_to_top