भर्ना फेसलिफ्ट २०२० सार्वजनिक, सुरुवाति भेरियन्टमा पाइन्छ यी फिचर

काठमाडौं । हुन्डाईले २०२० भर्ना सार्वजनिक गरेको छ । कम्पनीले अप्रिल २७ मा बजारमा सार्वजनिक गर्ने घोषणा गरेको भर्ना फेसलिफ्ट कोरोना भाइरसको कारण कुनै आधिकारीक कार्यक्रम बिना सार्वजनिक गरेको हो ।

यस्तोमा कम्पनीले ल्याएको भर्नाको वेस भेरियन्ट पनि सुरक्षाको हिसावले निकै उत्कृष्ट रहेकोछ । कम्पनीले भर्नाको वेस भेरियन्टलाई ९ लाख ३० हजार भारतीय रुपैयाँ सुरुवाति मूल्यसहित बजारमा ल्याएको हो ।

यसको सुरुवाति भेरियन्टमा अगाडि दुई एयरव्याग, एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस), इबीडी, रिभर्स पार्किङ सेन्सर, डे र नाइट मिरर, सेन्ट्रल लकिङ सिस्टम, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक, स्पीड सेन्सिङ अटो डोर लक, किलेस इन्ट्री जस्ता फिचर उपलब्ध रहेको छ । यसका साथै सिट बेल्ट रिमाइन्डर, इन्जिन इमोविलाइजर, ड्यूल हर्न, आइएसओफिक्स चाइल्ड सिट, इमेर्जेन्सी स्टप सिग्नल जस्ता फिचरले भर्नाको सुरुवाति भेरियन्ट पनि किनै सुरक्षीत रहेको छ ।

नयाँ भर्नामा फुल हेलोगेन ल्याम्प, डार्क क्रोम, बडी कलर मिरर जस्ता विशेषता रहेको छ भने ड्यूल कलर इन्टेरियरले नयाँ भर्ना उत्कृष्ट देखिएको छ ।


Back_to_top