मारुती सुजुकीले नयाँ अफोडेबल एसयूभी ल्याउने

काठमाडौं । पछिल्लो समय एसयूभी सेग्मेन्टको बढ्दो मागसँगै मारुती सुजुकीले नयाँ एसयूभी ल्याउने भएको छ ।

कम्पनीले यसै वर्षको फेस्टिभ सिजनमा लन्च गर्ने गरी नयाँ एसयूभी ल्याउने भएको हो । उक्त एसयूभीको नाम एस्कुडो हुने सम्भावना रहेको छ ।

प्रडक्सन कोडनेम वाई १७ रहेको यो एसयूभीको पोजीसनिङ ब्रेजाभन्दा माथि र ग्राण्ड भिटाराभन्दा तल रहनेछ । यस अघि वाई १७ लाई ग्राण्ड भिटाराको ७ सिटे भर्सन भएको अनुमान गरिएको थियो । तर अहिले देखिएको स्पाई इमेजरुको अनुसार यो ५ सिटे नयाँ एसयूभी भएको प्रमाणित भएको छ ।

धेरै बिक्री हुने मिडसाइज एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने यो एसयूभी मारुती सुजुकीले आफ्नो अफोडेबल काररु बेच्ने एरिना शोरुमबाट बिक्री गर्ने छ । यसको लम्बाइ ग्राण्ड भिटाराको ४३४५ एमएम भन्दा धेरै तथा बुटस्पेश पनि ४०० लिटरको हाराहारीमा हुने अनुमान रहेको छ ।

कम्पनीले यो नयाँ एसयूभीको स्पेक र फिचरको बारेमा कुनै जानकारी बाहिर ल्याएको छैन । यसमा हुने पावरट्रेनको विषयमा समेत कुनै थप जानकारी बाहिर आएको छैन ।

मारुती सुजुकीले गत वर्ष मात्रै एस्कुडो नाम भारतमा ट्रेडमार्क रजिष्टर गरेको थियो । सुजुकीले जापानमा भिटारा एसयूभीलाई एक्कुडो नाम दिइएको छ । भारतीय बजारमा हुन्डाई के्रटा, किया सेल्टोस जस्ता एसयूभीसँग सिधा प्रतिस्पर्धा गर्ने यो एसयूभीको साथमा कम्पनीले यो वर्षको ५-६ प्रतिशतको ग्रोथ टार्गेट भेटाउन सहयोग पुर्याउनेछ ।


Back_to_top