बलेनो फेसलिफ्टमा यस्तो हुँदैछ परिर्वतन

मारुती सुजुकीेले आफ्नो चर्चित मोडल बलेनो फेसलिफ्ट सार्वजनिक गर्ने तयारी गरेको छ । यसको पहिलो फोटो मिडियामा सार्वजनिक भएको छ ।

सार्वजनिक फोटोअनुसार कम्पनीको यो मोडल अहिले चलिरहेको मोडलजस्तै देखिएको छ । यो मोडललाई कम्पनीले हर्टटेक प्लेटफर्ममा निर्माण गरेको हो ।

फेसलिफ्ट मोडललाई सिग्मा, अल्फा, डेल्टा र जेटा गरी चार भेरियन्टमा बजारमा लयाउने तयारी कम्पनीले गरिरहेको छ । तर, अल्फा भेरियन्टमामात्रै प्रोजेक्टर हेडल्याम्प दिएको छ ।

ट्वीक्ड हेडल्याम्प र टेल–ल्याम्पकासाथमा बजारमा आउन लागेको बलेनो फेसलिफ्टको फ्रन्ट र रियरमा नयाँ बम्पर दिइएको छ । साथै, नयाँ डिजाइनको अलोय–ह्वील दिइएको कार थप आकर्षक नयाँ कलरमा उपलब्ध हुनेछ । 

बलेनो फेसलिफ्टको इन्टेरियर रेगुलर मोडलको नै भए पनि क्याविनमा भने केही अपडेट गरेको छ । बलेनो फेसलिफ्ट दुई नयाँ फिचरहरू एलईडी हेडल्याम्प र एलईडी फोगल्याम्पकासाथ बजारमा आउनेछ ।

बलेनो फेसलिफ्टमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार–प्ले एन्ड्रोइड अटो, क्लाइमेट कन्ट्रोल, किलेस इन्ट्री, पुशवटन–स्टार्ट, डीआरएलकासाथै अटोमेटिक प्रोजेक्टर हेडल्याम्प, रिजर्भ क्यामेरालगायतका विशेषताहरू दिएको छ ।

यसकासाथै कम्पनीले सुरक्षाका लागि फेसलिफ्टमा ड्यूल एयरब्याग, एबीएस, ईबीडी तथा स्पीड–अलर्ट, स्पीड–सेन्सिङ्ग अटो डोर–लकलगायतका सेफ्टी फिचर दिएको छ ।

कम्पनीले बलेनो फेसलिफ्टलाई पेट्रोल र डिजेल गरी दुई इन्जिन अप्सनमा ल्याउनेछ । यसमा १.२ लिटर के–सेरिज पेट्रोल इन्जिन दिइएको छ, जसले ८३ बीएचपी पावर र ११५ एनएम–टर्क उत्पादन गर्छ ।

त्यस्तै, यस गाडीमा १.३ लिटर मल्टीजेट डिजेल इन्जिन दिइएको छ, जसले ७४ बीएचपी पावर र १९० एनएम–टर्क उत्पादन गर्छ । दुवै इन्जिनमा फाइभ–स्पीड म्यानूअल गियरबक्स र पेट्रोल इन्जिनमा अटोमेटिक गियरबक्स अप्सन दिइएको छ ।


Back_to_top