भारतमा मारुती सुजुकी र महिन्द्राले बन्द गरे प्लान्ट

काठमाडौं । कोरोना भाइरसको कारण विश्वभर आपतकालिन अवस्था सृजना भएको छ । यस्तोमा मारुती सुजुकी र महिन्द्राले भारतमा आफ्नो प्लान्ट बन्द गरेका छन् ।

मारुती सुजुकीले आफ्नो गुडगाँव र मानेसर प्लान्टको उत्पादन बन्द गरेको हो । कम्पनीले हाललाई यी प्लान्ट आगामी ३१ मार्चसम्मको लागि बन्द गरेको जनाएको छ ।

प्लान्ट बन्द गरेपछि कम्पनीले भनेको छ ‘कोभिड १९ सँग लड्न र आफ्ना सम्पूर्ण स्टाफको स्वास्थ्यलाई ध्यानमा राखेर उत्पादन बन्द गर्ने निर्णय गएिको हो ।’

त्यसैगरी महिन्द्राले आफ्नो नागपुरमा रहेको प्लान्ट बन्द गरेको छ । कम्पनीले कोरोनासँग लड्न र त्यसबाट बच्न भन्दै प्लान्ट बन्द गरिएको घोषणा गरेको हो । साथै, कम्पनीले मुम्बाई र पूर्णे प्लान्टपनि आंशिक बन्द गरेको जनाएको छ ।


Back_to_top