यी थप फिचरसहित आउँदै मारुती सुजुकी बलेनो

मारुती सुजुकीेले आफ्नो चर्चित मोडल बलेनो फेसलिफ्ट आगामी वर्ष सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले बलेनो फेसलिफ्टलाई सन् २०१९को जुन महिनामा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएको हो । 

मारुती सुजुकीले पहिलो पटक नयाँ मोडलको रुपमा बलेनो ह्याचब्याक २०१५ मा सार्वजनिक गरेको थियो । हर्टटेक प्लेटफर्ममा निर्माण गरिएको यो ह्याचव्याक कार भारमा निकै चर्चित रहेको छ । नेपाली बजारमा पनि बलेनोको बिक्री निकै राम्रो रहेको छ । 

कम्पनीले हर्टटेक प्लेटफर्ममा नयाँ जेनेरेशनका मोडलहरू स्वीफ्ट, डिजाइर तथा आउँदै गरेको नयाँ जेनेरेशन एर्टिगा उत्पादन गरिउको छ । विशेष कष्मेटिक अपडेटका साथ आउने बलेनोमा मेकानिकल परिवर्तन भने हुने छैन । 

ट्वीक्ड हेडल्याम्प र टेल–ल्याम्पकासाथमा बजारमा आउन लागेको बलेनो फेसलिफ्टको फ्रन्ट र रियरमा नयाँ बम्पर दिइएको छ । साथै नयाँ डिजाइनको अलोए ह्वील दिइएको कारमा थप आर्कषक नयाँ कलरमा उपलब्ध हुनेछ ।  

बलेनो फेसलिफ्टको इन्टेरियरमा रेगुलर मोडलको नै भएपनि क्याविनमा भने केही अपडेट गरेको छ । बलेनो फेसलिफ्ट दुई नयाँ फिचरहरू एलईडी हेडल्याम्प र एलईडी फोगल्याम्पकासाथ बजारमा आउनेछ । 

बलेनो फेसलिफ्टमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार–प्ले एन्ड्रोइड अटो, क्लाइमेट कन्ट्रोल, किलेस इन्ट्री, पुशवटन–स्टार्ट, डीआरएलकासाथै अटोमेटिक प्रोजेक्टर हेडल्याम्प, रिजर्भ क्यामेरालगायतका विशेषताहरू दिएको छ । यसकासाथै कम्पनीले सुरक्षाका लागि फेसलिफ्टमा ड्यूल एयरब्याग, एबीएस, ईबीडी तथा स्पीड–अलर्टलगायतका सेफ्टी फिचरहरू दिएको छ । 

१.२ लिटर के–सेरिज इन्जिन दिइएको छ, जसले ८३ बीएचपी पावर र ११५ एनएम–टर्क उत्पादन गर्छ । त्यस्तै, यस गाडीमा १.३ लिटर मल्टीजेट डिजेल इन्जिन दिइएको छ, जसले ७४ बीएचपी पावर र १९० एनएम–टर्क उत्पादन गर्छ । दुवै इन्जिनमा फाइभ–स्पीड म्यानूअल गियरबक्स र पेट्रोल इन्जिनमा अटोमेटिक गियरबक्स अप्सन दिइएको छ ।


Back_to_top