महिन्द्राले आफ्नो नयाँ एसयूभी महिन्द्रा ‘इनफरो’ (एक्सयूभी–७००) भारतीय बजारमा आगामी नोभेम्बर १९ मा सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । कम्पनीले यसअघिनै भारतको बिभिन्न सडकमा उक्त नयाँ एसयूभीको सफल परीक्षण गरिसकेको जनाएको छ ।
महिन्द्रा इन्फरो कति पावरफुल छ भन्ने कुरालाई पुष्टस्गर्न टेस्ट–ड्राइभको एउटा भिडियो हेरे पुग्ने छ । उक्त भिडियोमा टाटा हेग्जाबाट फलोगर्दै भिडियो खिचेको देख्न सकिन्छ । उक्त पावर परिक्षणमा महिन्द्रा इन्फरो निकै पावरफुल देखिएको छ ।
महिन्द्रा इन्फरोले हाई–स्पीडका लागि सडकमा आफ्नो लेन बदलेको छ, जसले गाडीको अन्डर–कन्ट्रोल बडी–रोललाई देखाउँछ । भिडियोमा, टाटा–हेक्जा र महिन्द्रा इन्फनो दुवैको स्पीड क्षमतालाई देखाइएको छ । इन्फरो यति छिटो कुदेको छ कि उसले १७० किलोमिटर प्रतिघन्टाको दरले दूरी पार गरेको छ । अटो बिज्ञहरुका अनुसार इन्डियन ब्रान्डको उत्पादनमा महिन्द्रा इन्फरो सबैभन्दा महङ्गो र पावरफुल एसयूभी हुने छ ।
फूल साइज–थ्री रो–७ सिटर एसयूभीमा २.२ लिटर डिजेल इन्जिन दिइएको छ । स्याङ्योङ् रेक्सटनमा लगाइएको इन्जिन नै यसमा लगाइएको छ । उक्त इन्जिनले १८७ बीएचपी पावर र ४२० एनएम–टर्क जेनेरेट गर्छ । यसमा अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ ।
यो मोडल स्याङ्योङ् रेक्सटन जी–४ को परिमार्जित मोडल हो । महिन्द्राको इन्फरोले बजारमा टोयोटा–फर्चूनर, फोर्ड–इन्डिभोरसँग प्रतिस्पर्धा गर्नेछ । भारतमा यसको एक्स शोरुम मूल्य २२ लाख भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
नेपाली बजारमा आउने हो भने यसको मूल्य करिब १ करोड १० लाख हाराहारीमा पर्ने अनुमान गर्न सकिन्छ ।

