उत्कृष्ट तिहारको गिफ्ट बन्न सक्छन् यी ५ स्कुटर (मूल्यसहित)

काठमाडौं । नजिकिदै गरेको चाड तिहारमा आफ्ना दिदीबहिनीलाई स्कुटर उपहार दिने सोच्नु भएको छ भने, यी ५ स्कुटर राम्रो बिकल्प हुन सक्छन् ।

हेर्दा निकै आर्कषक तथा राम्रो पफ्रमेन्स भएको मिड रेन्जका स्कुटर धेरैको रोजाइमा पर्ने गरेको छ । दुई लाख रुपैयाभन्दा कम मूल्यका आर्कषक डिजाइन, उत्कृष्ट पर्फमेन्स भएका यी स्कुटरहरु निकै किफायतिसमेत रहेका छन् ।

होन्डा डियो


होन्डा डियो नेपालमा सर्वाधिक बिक्री हुने स्कुटरमा पर्छ । यसको आर्कषक डिजाइन तथा उच्च प्रर्दशनले सबैलाई आर्कषित गर्छ । १०९ सीसी क्षमताको इन्जिनले ७ हजार आरपीएममा ८.११ पीएस पावर तथा ५ हजार आरपीएममा ८.९१ एनएम टर्क जेनेरेट गर्छ । ५ लिटर क्षमताको फ्यूल ट्याङक दिइएको यो स्कुटरले ५५ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । १५५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो स्कुटरको मूल्य नेपाली बजारमा १ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ ।

टीभीएस जुपीटर क्लासीक

आर्कषक डिजाइन तथा उच्च पफ्रमेन्सका साथ उच्च ग्राउन्ड क्लियरेन्स रहेको यो स्कुटरको मूल्य  १ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । १०९ सीसीको क्षमताको इन्जिनले ७ हजार ५०० आरपीएममा ७.८८ बीएचपी पावर तथा ५ हजार ५०० आरपीएममा ८ एनएम टर्क जेनेरेट गर्छ । ५ लिटर क्षमताको फ्यूल ट्याङक रहेको योे स्कुटरले ६२ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ । यसको ग्राउन्ड क्लियरेन्स १५० एमएम रहेको छ ।

यामाहा रे जेडआर

यामाहा रे जेडआरको नेपाली बजार मूल्य १ लाख ९६ हजार रहेको छ । राम्रो पफ्रमेन्सका साथ उत्कृष्ट ग्राफिक डिजाइन गरिएको यो स्कुटर ११३ सीसी क्षमताको इन्जिन दिइएको छ ।  

उक्त इन्जिनले ७ हजार ५०० आरपीएममा ७.१ पीएस पावर तथा ५ हजार आरपीएममा ८.१ एनएम टर्क जेनेरेट गर्छ । ५ लिटर फ्यूल क्षमता रहेको यो स्कुटरले ६६ किलोमिटर माइलेज दिने दाबी गरेको छ भने यसको ग्राउन्ड क्लियरेन्स १३० एमएम रहेको छ ।

महिन्दा गस्टो–१२५

१२५ सीसी क्षमताको इन्जिनले ७ हजार आरपीएममा ८.५ बीएचपी पावर तथा ५ हजार ५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । यो एक पावरफुल स्कुटर हो । यसमा ६ लिटरको इन्धन ट्याङक रहेको छ भने यसले प्रति लिटर ५० किलोमिटर माइलेज दिने कम्पनीको दाबी रहेको छ । नेपाली बजारमा यसको मूल्य १ लाख ८७ हजार ९०० रहेको छ ।

हिरो डोएट

हिरो डोयटमा ११० सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले ८ हजार आरपीएममा ८.३१ बीएचपी पावर तथा ६ हजार ५०० आरपीएममा ८.३० एनएम टर्क जेनेरेट गर्छ । ५ं.५ लिटर फ्यूल ट्याङक क्षमता रहेको यो स्कुटरले ४५ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ । यसको मूल्य नेपाली बजारमा १ लाख ८८ हजार ९०० रहेको छ ।


Back_to_top