दशैंमा सुजुकीको गाडी किन्नेलाई ‘हटकेक’ ब्रेजा, मूल्य भने केही बढ्यो

काठमाडौं । दशैं नजिकिएसँगै विभिन्न कम्पनी अफर ल्याउन जुटेका छन् । विशेषगरी सबै कम्पनीले आफ्नो विक्री लक्ष्य निर्धारण गरेर अफर ल्याउने गरेको विगतको अनुभवले पनि देखाउँछ । यसवर्ष मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले आफ्नो सर्वाधिक सफल सब फोर मिटर एसयूभी ब्रेजालाई ‘हटकेक’को रुपमा विक्री गर्ने अपेक्षा गरिएको छ ।

नेपाली बजारमा ब्रेजा पेट्रोलको विक्री निकै बढी रहेको अवस्थामा कम्पनीले भिएक्सआई भेरियन्टमा ३० हजार र जेडएक्सआई प्लस भेरियन्टमा १ लाख ५० हजार रुपैयाँले मूल्य बढाएको हो ।

नेपाल आएको उक वर्षमा नै ब्रेजा सेग्मेन्टमै सर्वाधिक विक्री हुने सब फोर मिटर एसयूभी बन्न सफल भएको छ । कम्पनीले एक वर्षअघि निर्धारण गरेको मूल्यमा पहिलो पटक मूल्य बढाएको हो ।

बढेको मूल्य अनुसार भिएक्सआई भेरियन्टको मूल्य ४१ लाख ९९ हजार र जेडएक्सआई भेरियन्टको मूल्य ४६ लाख १९ हजार पुगेको छ । जेडएक्सआई प्लसमा ड्यूल टोन अप्सन पनि उपलब्ध रहेको छ । ड्यूल टोन किन्न चाहने ग्राहकले ३० हजार रुपैयाँ थप रकम तिर्नु पर्ने हुन्छ ।

मारुती सुजुकी ब्रेजामा १.५ लिटर पेट्रोल इन्जिन उपलब्ध रहेको छ । सब फोर मिटर सेग्मेन्टमा इकोस्पोर्ट पछि १.५ लिटर इन्जिन दिने मारुती दोस्रो कम्पनी हो । यसमा रहेको १४६२ सीसी क्षमताको ‘के १५ बी’ इन्जिनले अधिकतम ६००० आरपीएममा १०५ बीएच पावर र ४४०० आरपीएममा १३८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । पावरफुल र ठूलो इन्जिन ब्रेजाको बलियो पक्ष हो । यही कारण यसको विक्री बढ्दै गएको छ ।

झट्ट हेर्दा निकै ठूलो देखिने ब्रेजाको लम्बाई ३९९५ एमएम रहेको छ । यसको चौडाई १७९० एमएम रहेकोले यसको भित्री क्याविन ठूलो र फराकिलो लाग्छ । यसको ड्यास बार्ड औषत रहेको छ । चालक र यात्रुलाई आवश्यक सुरक्षा फिचर र इन्फोटेन्टमेन्ट सिस्टम यसमा पाउन सकिन्छ ।

परम्परागत डिजाइनमा तयार भएको एसयूभी भएपनि ग्राहकले यसको बाहिरी बनोट निकै बल्की पाउन सक्छन् । फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, स्क्यावर सेप ह्वील, मस्कुलर बम्पर, अगाडि र पछाडि दिइएको स्कीड प्लेट आदिले यसलाई आकर्षक देखाएको छ ।
चाडपर्व नजिकिएसँगै गाडी किन्ने ग्राहक बढ्ने देखिन्छ । यस वर्षको चार्डपर्वमा सुजुकीको ‘हट केक’ मोडल ब्रेजा नै रहने निश्चित छ ।


Back_to_top