कम मूल्य र संचालन खर्चको लागि अब्बल मारुती सुजुकी (सबै मोडलको मूल्यसहित)

काठमाडौं । मारुती सुजुकीले नेपाली बजारमा करिब १४ मोडलका गाडी विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने अधिकांश कारको मूल्य ४० लाखभन्दा कम रहेको छ । साथै, दुई लाइट कमर्शियल गाडी पनि कम्पनीले विक्री गर्दै आएको छ ।

मूल्यको हिसावले २० लाखदेखि ५२ लाख रुपैयाँसम्मको मोडल विक्री गर्दै आएको भएपनि कम्पनीले विक्री गर्ने अल्टो, वागेनआर, एसप्रेसो, स्वीफ्ट, इग्नीस, डिजायर, बलेनो जस्ता मोडल ४० लाखभन्दा कम मूल्यमा नै खरिद गर्न सकिन्छ ।

नेपालमा सिजी मोटोकर्पले बलेको टप भेरियन्ट, ब्रेजा, एसक्रस, एक्सएल सिक्स जस्ता मोडल विक्री गर्दै आएको छ । यी मोडलको मूल्य ४० लाखदेखि ५२ लाखसम्म रहेको छ । कम्पनीले सुजुकीको जिम्नी र भिटारा पनि विक्री गर्दै आएको छ । यी दुबै मोडल जापानबाट आयात हुन्छ भने यसको मूल्य पनि धेरै रहेको छ ।

मूल्यसूची

मारुती सुजुकी इन्डियाको स्थापना नै भारतीय जनतालाई कम मूल्यमा गाडी चढाउने उद्देश्यले भएको हो । कम मूल्यमा नै गाडी उपलब्ध गराउने उद्देश्यलाई कम्पनीले पुरा गर्दै आएको छ । भारतमा अहिले पनि प्यासेन्जर कारको करिब ४५ प्रतिशत बजार हिस्सा मारुती सुजुकीले ओगटेको छ ।

कम रकममा नै मानिसको गाडी चढ्ने चाहना पुरा गर्दै आएको मारुती सुजुकीले प्रयोग गर्ने इन्जिन पनि निकै किफायती मानिन्छ । साना र उत्कृष्ट इन्जिन बनाउन सफल सुजुकीले प्रतिलिटर २६ किलोमिटरसम्म माइलेज प्रदान गर्ने इन्जिन बनाइरहेको छ ।

नेपालमा पनि सबैभन्दा धेरै विक्री र विक्रीपछिको सेवा प्रदान गर्ने नेटवर्क मारुती सुजुकीकै छ । कम्पनीले देशका विभिन्न भागमा ३० भन्दा बढी विक्री केन्द्र र सर्भिस नेटवर्क संचालन गरिरहेको छ ।

सहज पार्टस्को उपलब्धता र सर्भसुलभ पार्टस्को मूल्य, उच्च माइलेज र किफायती इन्जिनको कारण मारुती सुजुकीको कार चढ्ने मानिसले तुलनात्मक रुपमा कम खर्चमा धेरै किलोमिटर गुढ्न सक्नेछन् । त्यही कारण धेरै मानिसको रोजाईमा सुजुकीका कार पर्दै आएका छन् ।


Back_to_top