काठमाडौं । अमेरिकी कम्पनी जनरल मोटर्सले विद्युतीय गाडी उत्पादनमा ७ विलियन डलर अर्थात् ८ खर्वभन्दा बढी नेपाली रुपैयाँ खर्च गर्ने भएको छ । अहिलेसम्म विद्युतीय कार उत्पादन र इनोभेसनमा सबैभन्दा धेरै लागनी गर्दै आएको टेस्लालाई समेत उछिन्नेगरी जनरल मोटर्सले लगानी गर्न लागेको हो ।
जनरल मोटर्सले इभीमा गर्न लागेको ७ विलियन डलरको लागनीलाई एतिहासिक लगानी भनिएको छ । अहिलेसम्म विश्वमा कुनै पनि मोटर उत्पादक कम्पनीले एकै पटक यति धेरै रकम लगानी गरेको छैन ।
जनरल मोटर्सको यो इतिहासिक लगानीसँगै विश्वमा इलेक्ट्रीक कार प्रतिको विश्वास थप बढ्ने अनुमान गरिएको छ ।
नयाँ लगानीको विषयमा जानकारी दिदै जनरल मोर्टसको सीईओ मैरी बाराले भनिन्, ‘जनरल मोटर्स व्याट्री उत्पादन र नयाँ-नयाँ इभी उत्पादनमा थप लगानी गर्न चाहन्छ । यसले कम्पनीको हमर इभी, सेभ्रोलेट इभी, क्याडिलेक इभी जस्ता ब्राण्डको इनोभेसनमा सहयोग गर्ने छ ।’
जनरल मोटर्सले व्याट्रीको लागि एलजी इनर्जी सोलुसनसँग मिलेर काम गरिरहेको छ । अबको केही महिनामा नै यी दुई कम्पनीको संयुक्त प्रयासबाट व्याट्री उत्पादन हुनेछ ।

