सुजुकीका ६ मोडलको मूल्य वृद्धि, ब्रेजामा १ लाख ५० हजार मूल्य बढ्यो (सूचीसहित)

काठमाडौं । मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले आफ्ना अधिकांश मोडलको मूल्य वढाएको छ । कम्पनीले चैतको अन्तिम हप्ता नै बैशाख १ गतेवाट आफ्ना सबै मोडलको मूल्य बढ्ने यसअघि नै घोषणा गरेको थियो ।

कम्पनीले विक्री गर्दै आएको बलेनो, आर्टिगा, सियाज, एक्सएल ६, ब्रेजा र स्वीफ्ट मोडलको मूल्य वृद्धि भएको छ भने एसक्रस, इग्नीस, वागेनआर, एसप्रेसो र अल्टोको मूल्य यथावत राखिएको छ ।

कम्पनीले मूल्य वृद्धि गरेको मोडलमा २० हजारदेखि १ लाख ५० हजारसम्म बढाएको छ । सबैभन्दा कम मूल्यवृद्धि बलेनोमा भएको छ भने सबैभन्दा धेरै मूल्य ब्रेजामा बढेको छ । ब्रेजाको भिएक्सआईमा ३० हजार र जेडएक्सआई प्लस र ड्यूलटोनमा समान १ लाख ५० हजार मूल्य बढेको छ ।

सिजी मोटोकर्पले आर्टिगा, सियाज र एक्सएल ६ मा भने समान ३० हजार रुपैयाँ मूल्य बढाएको छ । साथै, स्वीफ्ट ह्याचव्याकमा पनि ५० हजार मूल्य वृद्धि गरिएको छ ।

नयाँ मूल्यसूची


Back_to_top