काठमाडौं । भारतमा आगामी फेब्रुअरी ६ तारिखबाट सुरु हुने अटो एक्स्पो २०२० मा मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक कार ‘फ्यूचरो–इ’ सार्वजनिक गर्ने भएको छ ।
भारतीय बजारमा टाटा, महिन्द्रा, हुन्डाई र एमजीले आफ्नो इलेक्ट्रीक कार बिक्री गरिरहेको समयमा मारुतीले ल्याउने नयाँ कारको मूल्य यी सबै मोडलका भन्दा कम रहने अनुमान गरिएको छ । अहिलेको प्रारम्भिक अनुमान अनुसार यसको मूल्य ७ लाख भारु रहने छ ।
अहिलेसम्मको अनुमान सहि सावित भएको खण्डमा मारुती सुजुकीको पहिलो इलेक्ट्रीक कार वागेनआर बेसमा निर्माण हुनेछ । यसको प्रडक्सन भर्सन हेर्न भने अब केही दिन कुर्नु पर्ने हुन्छ ।

कम्पनीले विगत एक वर्षदेखि विभिन्न स्थान र फरक हावापानी भएका ठाँउमा यसको परिक्षण गरिरहेको थियो ।
कम्पनीले जनाएअनुसार घरायसी प्रयोग हुने १५ एम्पायरको सकेटबाट यसलाई सजिलै चार्ज गर्न सकिने छ । यसमा दिइएको लिथियम आयोन व्याट्रीले एक पटकको फुलचार्जमा २०० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाइएको छ ।

