सुजुकीले एक महिनामै बेच्यो २ लाख १६ हजार बढी कार

काठमाडौं । इन्डो-जापानी ब्राण्ड सुजुकीले भारतबाट २ लाख १६ हजार ५३६ युनिट कार होलसेल बिक्री गरेको छ । भारतमा धुमधामका साथ मनाइने दिपावलीको महिना अक्टोबरमा भएको बिक्री अहिलेसम्मकै रेकर्ड मानिएको छ ।

सुजुकीले भारतीय बजारमा १ लाख ७६ हजार ३१८ युनिट, भारतबाट निर्यात ३१ हजार ३०४ युनिट र टोयोटालाई होलसेल बिक्री ८ हजार ९१५ युनिट बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

मारुती सुजुकीले एलसीभीको बिक्री पनि निकै बढाएको छ । कम्पनीले ४ हजार ३५७ युनिट एलसीभी बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको हो । लामो मोडल लाइनअप, कम मूल्यका कार भएकै कारण सुजुकीको बिक्रीमा उछाल आएको हो ।

नेपाली बजारमा सुजुकीका कारको बिक्री सुस्त छ । अझ भनौं निरन्तर ओरालो लागि रहेको छ । त्यसैले सीजी मोटोकर्पले भारतमा लन्च हुने ब्त्तििकै इलेक्ट्री एसयूभी भिटारा नेपाल ल्याउन जोडबल गरिरहेको छ ।

नेपालमा बढ्दो इलेक्ट्रीक कारको माग र सुजुकीका कारको बढ्दो मूल्यको चपेटामा सीजी मोटोकर्प परिरहेको उसको बिक्री तथ्यांकले नै देखाउँछ ।


Back_to_top