स्वीफ्ट क्रसओभर र नयाँ माइक्रो एसयूभी बनाउँदै सुजुकी

एक्सबीइइ कन्सेप्ट

काठमाडौं । मारुती सुजुकीले स्वीफ्ट ह्याचव्याकको आधारमा रहेर नयाँ क्रसओभर ल्याउने रिपोर्ट सार्वजनिक भएको छ । कम्पनीको चर्चित ह्याचव्याकमा आधारित हुने क्रसओभर ब्रेजा भन्दा मुनी रहने छ ।

मारुती सुजुकीले नयाँ जेनेरेशन स्वीफ्टको तयारी हार्टटेक प्लेटफर्ममा गरिरहेको छ । यस्तोमा नयाँ आउने क्रसओभर पनि हार्टटेक प्लेटफर्ममा बन्ने विभिन्न रिपोर्टहरुमा उल्लेख छ ।

सन् २०२३ मा आउने स्वीफ्टको नयाँ जेनेरेशन मोडलमा १.४ लिटर टर्बो बुष्टर जेट ४८ भोल्ट माइल्ड हाइब्रिड इन्जिनको प्रयोग हुने भएकोले नयाँ क्रसओभर मोडलमा पनि समान इन्जिन रहने मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन् ।

साथै, सुजुकीले सन् २०१८ टोकियो अटो शोमा देखाएको ‘एक्सबीइइ’ कन्सेप्टमा आधारित माइक्रो एसयूभी बजारमा ल्याउन सक्ने देखिएको छ । भारतीय बजारमा टाटा पन्चको सफलतापछि धेरै कम्पनीहरु माइक्रो एसयूभीमा लाग्ने देखिएको छ ।

कोरियन कम्पनी हुन्डाईले पनि चाँडै ‘क्यासपर’ लञ्च गर्ने तयारी गरिरहेको समयमा मारुती सुजुकीे पनि माइक्रो एसयूभी बजारमा ल्याउने अड्कल सुरु भएको हो । सुजुकीले देखाएको ‘एक्सबीइइ’ कन्सेप्टको लम्बाई ३६७० एमएम, चौडाई १६७० एमएम र उचाई १७०५ एमएम रहेको थियो । यसमा २४३५ एमएमको ह्वीलवेस र १८० एमएम ग्राउन्ड क्लिेयरेन्स थियो ।

सुजुकीले यसलाई पावरफुल बनाउन १.० लिटर टर्बो पेट्रोल इन्जिन दिएको थियो । उक्त इन्जिनले अधिकतम ९९ पीएस पावर र १५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल यिरबक्सको साथ फोर ह्वील ड्राइभ अप्सन समेत उपलब्ध हुनेछ ।


Back_to_top