२१ दिनपछि कियाले ल्याउँदै नयाँ एसयूभी, यस्ता छन् फिचर

काठमाडौं । कोरियन कार निर्माता कियाले भारतमा आफ्नो चौथो मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले डिसेम्बर १६ तारिखमा नयाँ ७ सिट क्षमताको एसयूभी बजारमा ल्याउन लागेको हो ।

नयाँ एसयूभीको नाम ‘क्रेन्स’ रहने छ । आधुनिक फिचरले भरिपूर्ण रहने क्रेन्स हुन्डाई अल्कारजारको साइजमा रहने अनुमान गरिएको छ । गाडीको टप भेरियन्ट थप फिचर लोडेड रहने छन् ।

क्रेन्समा ५० भन्दा धेरै कनेक्ट फिचर ग्र्राहकले पाउने अपेक्षा गरिएको छ । साथै, यस स्मार्ट इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटीक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, तीन वटा रो रहने गाडीको पछाडि सिटमा जान वान टच बटम, यसको इन्ट्री भेरियन्टमा फेब्रिक सिट रहने छ भने टप भेरियन्टमा लेदर सिटको प्रयोग हुने अपेक्षा गरिएको छ ।

कम्पनीले यसमा १.४ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा आउने नयाँ एसयूभी म्यानुयल र अटोमेटीक गियरबक्सको साथ आउने छ । यसमा रहेको टर्बो इन्जिनले १४० बीएच पावर प्रदान गर्नेछ ।

कियाले भारतमा उत्पादन गरेका सबै मोडल नेपाली बजारमा पनि उपलब्ध रहेको कारण किया क्रेन्स पनि नेपाल आउने अपेक्षा गर्न सकिन्छ ।


Back_to_top