नेपाल आयो गाडीमा हावा भर्ने मोबाइल जत्रो मेसिन, यस्तो छ मूल्य

काठमाडौं । साओमीले टायरम हावा भर्ने पोर्टेबल मेसिन सार्वजनिक गरेको छ । कम्पनीले गाडी तथा मोटरसाइकलमा हावा भर्ने इलेक्ट्रीक एयर कम्प्रेसर ल्याएको हो ।

साओमी पोर्टेबल एयर कम्प्रेसरमार्फत कारको टायर पूर्णरूपमा फुल गर्न ६ मिनेट र साइकलको टायरमा हावा भर्न ३ मिनेट मात्रै लाग्ने कम्पनीले दावी गरेको छ ।

साओमी पोर्टेबल एयर कम्प्रेसर एक पटक फुल चार्ज गरेर मोटरसाइकलकको ८ वटा र कारको ५ वटा टायरमा पुर्णरुपमा हावा भर्न सकिन्छ । यो डिभाइस एकपटक फुल चार्ज हुन तीन घण्टा लाग्ने कम्पनीले जनाएको छ ।

साओमी एयर कम्प्रेसरको मूल्य ५ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।


Back_to_top