नेपाल आयो ‘एनके १५०’ को अपडेटेड भर्सन, यस्तो छ मूल्य

काठमाडौं । सीएफमोटो एनके १५० को अपडेटेड भर्सन नेपाल आएको छ । नेपाल आएसँगै कम्पनीले यसको बुकिङसमेत खुल्ला गरेको हो ।
सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले अपडेटेड एनके १५० को बुकिङ खुल्ला गरेको हो ।

ग्राफिक्स तथा ह्वीलमा परिर्वतन गरेर ल्याएको एनके १५० को मूल्यसमेत वृद्धि भएको छ । कम्पनीले पुरानो मोडलको तुलनामा १५ हजार रुपैयाँले मूल्य बढाएको हो ।

यसअघि ३ लाख ३५ हजार रुपैयाँमा विक्री हुँदै आएको एनके १५० को अपडेटेड भर्सनको मूल्य ३ लाख ५० हजार रुपैयाँ निर्धारण भएको कम्पनीले जनाएको छ ।

सीएफमोटो एनके १५० मा १४९ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १४ बीएच पावर तथा १२ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

नेपालमा नै १५० सीसी सेग्मेन्टमा एनके १५० पहिलो ६ स्पीड गियरबक्स भएको मोटरसाइकल हो ।

यस मोटरसाइकलमा सुरक्षालाई मध्यनजर गर्दै फ्रन्टमा २९२ एमएमको ट्वीन पिस्टन क्यालीपर र रियरमा २२० एमएमको सिगंल पिस्टन क्यालीपर ब्रेक दिइएको छ । १५० एनकेको फ्रन्टमा यूएसडी टेलिस्कोप फ्रर्क र रियरमा सिगंल मोनेशक रहेको छ ।

आर्कषक सार्प लुक्स भएको यो बाइकमा एग्रेशिफ हेडल्याम्प, दुई पिस सिट, लो पोजिनश राइडर सिट, स्पोर्टस तथा इकोनोमी राइडीङ अप्सन, एलइडी टेलल्याम्प, ४० किलोमिटर माइलेज जस्ता बिशेषत रहेको छ ।


Back_to_top