काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रीक भेहिकलको आधिकारिक विक्रेता अग्नि इनर्जी आफ्नो पछिल्लो इलेक्ट्रीक रिक्सा ट्रियो चितवनमा विक्री सुरु गरेको छ । कम्पनीले ट्रियो अटोको ‘सफ्ट टप’ भेरियन्ट ८ लाख ४० हजार मूल्य निर्धारण गरेर विक्री सुरु गरेको हो ।
महिन्द्राले उत्पादन गरेको ट्रियोमा ७.६ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिइएको छ । उक्त व्याट्रीलाई ३ घन्टा ३० मिनेटमा घरायसी विजुलीको प्रयोगबाट फुलचार्ज गर्न सकिन्छ ।
एक पटक फुलचार्ज गर्दा ८ यूनिट विद्युत खपत हुन्छ । उक्त विद्युतको अधिकतम मूल्य १२ रुपैयाँले हिसाव गर्दा पनि फुल चार्जमा ९६ रुपैयाँ मात्र खर्च हुन्छ । एक पटकको फुलचार्जबाट १३० किलोमिटर यात्रा गर्न सकिने कम्पनीले दावी गरेको छ । यसले अटो चालकलाई निकै फाइदा पुग्ने छ ।
यसको पावर पनि अहिले बजारमा उपलब्ध पेट्रोल तीन पाङ्ग्रेको भन्दा राम्रो रहेको छ । विद्युतीय भएको कारण यसको टर्क उत्कृष्ट छ । ४४ एनएम टर्क र १३.६ पीएस पावर प्रदान गर्छ ।
यसको प्रयोग गरेवापत एउटा चालकले वार्षिक २ लाख रुपैयाँ इन्धन खर्च बचाउन सक्ने देखिन्छ । क्लच र गियर नभएकोले यसलाई चलाउन पनि निकै सजिलो हुन्छ । चालक सहित ३ जनाले आरमदायी यात्रा गर्न सक्ने ट्रियोको मूल्य ८ लाख ४० हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरिएको छ ।
धेरै प्रविधिमैत्री ट्रियोमा दुई ड्राइभिङ मोड, नेमो मोविलिटी प्लेटफर्म जस्ता चालकलाई सहयोग गर्ने फिचरहरु पाउन सकिन्छ । कम्पनीले यसमा ८० हजार किमि वा ३ वर्षको वारेन्टी प्रदान गरेको छ ।


