काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले फागुन ९ गतेबाट गर्ने तय भएको ‘अटो शो २०२२’ फागुनमा नहुने भएको छ ।
फागुन ९ गतेदेखि १४ गतेसम्म आयोजना हुने भनिएको अटो शोमा भाग लिन धेरै गाडी विक्रेता कम्पनीहरु राजी नभएसँगै अटो शो अर्को मितिमा गर्ने निर्णय भएको एक व्यवसायीले बताए ।
‘अटो शो सधै सेप्टेम्बरमा हुने गरेको थियो । यसपटक फेब्रुअरीमा गर्ने निर्णय भयो । तर, फेरी सेप्टेम्बरमा पनि गर्ने कुरा भएपछि एकै वर्ष दुईवटा अटो शो सम्भव नभएकाले सेप्टेम्बरमा नै गर्नु पर्छ भन्ने कुरा भएको छ’, ती सदस्यले भने ।
केही दिनअघि अटो शोको लागि स्टल बुकिङ खुल्ला भएको थियो । नोभेम्बर १८ तारिखदेखि २२ तारिकसम्मको समय राखेर खुल्ला भएको स्टाल बुकिङमा मोटरसाइकल र पार्टस्का स्टल बुकिङ भएपनि कार सेग्मेन्टमा अत्यन्त न्यून बुकिङ भएको थियो ।
आज बसेको नाडा कार्यसमितिले अर्को नयाँ मितिमा नाडा अटो शो आयोजना गर्नेगरी फागुनमा अटो शो नगर्ने निर्णय लिएको हो ।


