मारुती सुजुकीको बेस्ट सेलिङ्ग कार भिटारा ब्रेजाको डिजेल भर्सनलाई अटोमेटिक ट्रान्समिसन अप्सनमा भारतीय बजारमा सार्वजनिक गर्ने तयारी भएको कम्पनीले जनाएको छ ।
कम्पनीले ब्रेजा अटोमेटीकलाई ४ नयाँ भेरियन्ट एलडीआई, भीडीआई, जेडडीआई र जेडडीआई–प्लसमा सार्वजनिक गर्ने भएको हो ।
भारतीय बजारमा एलडीआईको मूल्य ७ लाख ५२ हजार रुपैयाँ तोकेको छ भने भीडीआईको मूल्य ८ लाख ४ हजार रुपैयाँ, जेडडीआईको मूल्य ८ लाख ८१ हजारदेखि ९ लाख ३१ हजार रुपैयाँसम्म तथा जेडडीआई–प्लसको मूल्य ९ लाख ७७ हजारदेखि १० लाख २७ हजार भारतीय रुपैयाँसम्म निर्धारण गरिएको छ ।
मारुती सुजुकी भिटारा ब्रेजा एलडीआईमा सुरक्षालाई मध्यनजर गर्दै दुई एयरब्याग, एबीएस तथा ईबीडी, आईसोफिक्स चाइल्ड सिट, रिभर्स पार्किङ्ग सेन्सर, हाईस्पीड अलर्ट, फ्रन्टसिट बेल्ट फोर्स लिमिटरलगायतको सुविधा दिइएको छ ।
साथै यसमा डबल डिन अडियो सिस्टम, ब्लू–टुथ कनेक्टिभिटीकासाथै सीडी प्लेयर यूएसबी र अक्स–इन्पुट, फोर–स्पीकर जडान गरिएको छ । यसमा सेन्टल लकिङ्ग सिस्टम, फ्रन्टपावर विन्डो, इलेक्ट्रीकल्ली एड्जस्टेवल ओआरभीएमएस एड्जस्टेवल स्टेरिङ्ग, म्यानूअल एसीजस्ता फिचर दिइएको छ । त्यतिमात्रै नभई कारमा रियर पावर बिन्डो, बडी बलर्स डोर ह्यान्डल रियर डिफागर आदि लगाइएको छ ।
भीडीआईमा एलडीआईमा भएका विशेषताका अलावा ह्वील क्याप तथा रुफ–रेल दिइएको छ भने, कारको फ्रन्ट रियरमा पावरविन्डो, रियर हेडरेस्ट, इलेक्ट्रीक बूट रिलिस, किलेस इन्ट्रीजस्ता फिचर दिइएको छ ।
जेडडीआईमा पनि एलडीआईमा भएका विशेषताका अलावा १६ इञ्चको अलोय ह्वीलको प्रयोग गरिएको छ भने, एलईडी पार्किङ ल्याम्प, फगल्याम्प, गनम्याटल फिनिस, रुफ–रेल, एलईडी टेलल्याम्सलगायतको विशेषता दिइएको छ । यसकासाथै कम्फर्ट विशेषताअन्तर्गत कारमा स्टेरिङ्ग माउन्टेड कन्ट्रोल, अटो क्लाइमेट कन्ट्रोल, हाईट एजस्टेवल रियर आर्म रेस्टलगायतको अप्सन दिइएको छ ।
जेडडीआई–प्लस सबैभन्दा माथिको भेरिएन्ट हो । यसमा एलडीआई भेरिएन्टमा भएका विशेषताको अलावा डिउल टोन कलरको कम्बिनेसन गरिएको छ । सात इञ्चको इन्फोटेनमेन्ट सिस्टमले एप्पल कार–प्ले तथा एन्ड्रोईड अटो, ब्लू–टुथ र नेभिगेसनसमेत सपोर्ट गर्छ । यसमा रिभर्स क्यामरा, किलेस इन्ट्री, पूस–वटन, क्रूजकन्ट्रोल सिस्टम, रेन–रेसिङ्ग वाइपर, अटोमेटिक हेडल्याम्स, एड्जस्टेबल फ्रन्टसिट दिइएको छ ।


