काठमाडौं । हुन्डाई मोटर्सले नेक्स्ट जेनेरेशन इलाइट आई २० को तयारी सुरु गरेको छ । केही समय अगाडि बहुप्रतिक्षित सेडान एलेन्ट्राको नयाँ संस्करण सार्वजनिक गरेको कम्पनीले इन्ट्री लेभल ह्याचब्याक सेन्ट्रोको नयाँ संस्करण आगामि अक्टोबर २३ मा सार्वजनिक गर्र्ने तयारी गरिरहेको छ ।
गत अगस्टमा कम्पनीले छैठौँ जेनेरेशन आई–२० लाई दक्षिण कोरियामा परीक्षण गरेको थियो । उक्त कारलाई भारतीय बजारमा सन् २०२० मा सार्वजनिक गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
उक्त मोडललाई अत्याधुनिक विशेषतासहित अग्रेसिप लूक दिने तयारीमा कम्पनी जुटेको छ । नयाँ एलेन्ट्राजस्तै यसको फ्रन्टमा बिगग्रिल, ब्याक हेडलाइट्स तथा एलईडी डीआरएलएस लगाउने कम्पनीले जनाएको छ ।
आई–२० मा हाल लगाइएको प्रोजेक्टर हेडल्याम्पसलाई परिमार्जन गरिनेछ भने क्रोममा हुन्डाईको साइनिङ लोगो लगाइनेछ । त्यस्तै, नयाँ मोडलमा अलोय ह्वील लगाउनुकासाथै अन्य मोडलमा समावेश गरिएको विशेषता थप गर्ने हुन्डाईको योजना छ ।
कम्पनीकाअनुसार कारमा नयाँ टेल ल्याम्प्स लगाइनेछ भने स्पोर्टी रियर बम्पर दिइनेछ । अब आउने नयाँ जेनेरेशन आई २०मा टर्बाेचार्ज्ड पेट्रोल इन्जिन दिइने अनुमान लगाइएको छ भने परिमार्जित मोडल नयाँ इमिसन मापदन्ड बिएस ६ अनुसार अनुसरण निर्माण गर्ने कम्पनीले जानकारी दिएको छ ।


