संसारकै जेठो टु–ह्वीलर निर्माता कम्पनी रोयल इनफिल्डले क्लासिक मोटरसाइकल निर्माण गर्दैआएको छ । कम्पनीले प्रत्येक वर्ष दश लाख इकाई मोटरसाइकल उत्पादन गर्ने गर्छ ।
कम्पनीले सन् २०००को दशकमा बुलेट, थन्डरबर्ड र क्लासिक मोटरसाइकल निर्माण गरेको थियो । साथै, रोयल इनफिल्ड संसारकै नाफामूलक कम्पनीको रुपमा परिचित छ ।
यसैबीच, कम्पनीले उत्पादन गरेका ६ आइकोनिक क्लासिक मोटरसाइकलको छुट्टै चर्चा हुने गर्छ । यसभित्र रोयल इनफिल्ड कन्टिनेन्टल जीटी–२५० देखि रोयल इनफिल्ड इन्सेप्टर ७५० सम्म परेका छन् ।
रोयल इनफिल्ड कन्सेलेसन–७००
उत्तर अमेरिकाको बजारलाई मध्यनजर गर्दै यो मोटरसाइकलको उत्पादन गरिएको हो । सन् १९५८ देखि १९६३ बीचको दशकमा बिक्री गरिएको कन्सेलेसन–७०० लाई पहिलो सुपर बाइकको रुपमा लिने गरिन्थ्यो ।

यसमा लगाइएको इन्जिनलाई निक्कै बलियो तथा टिकाउ योग्य मानिन्थ्यो । रोयल इनफिल्ड कन्सेलेसन–७०० ले सुपर मेटेर–७०० र इन्टरसेप्टर–७५० का लागि मार्ग प्रशस्त गरेको थियो । यसमा ६८२ सीसी क्षमताको प्यारलल्ल वाइन इञ्जिन लगाइएको थियो । जसले ३६ बीएचपी पावर उत्पादन गर्ने गथ्र्यो । ११० टपस्पीड क्षमता रहेको मोटरसाइकललाई सन् १९५९ मा ट्वाइन मनोब्लक युनिटले प्रतिस्थापन गरिएको थियो ।
सुपर मेटेर–७००
अमेरिकी बजारमा सन् १९५२ देखि १९६२ सम्म बिक्री भएको रोयल इनफिल्ड सुपरमेटेर–७०० निकै चर्चित मोटरसाइकल हो । रोयल इनफिल्ड इन्सेप्टर–७५० सिरिज सेकेन्डको निर्माणपश्चात् यो मोटरसाइकलको उत्पादन बन्द भएको थियो ।

यसको टपस्पीड क्षमता १६१ किलोमिटर प्रतिघन्टा रहेको थियो । यसमा ६९२ सीसी क्षमताको ट्वाइन सिलिन्डर ओएचभी एयरकुल्ड इन्जिन लगाइएको थियो । यसले ६ हजार आरपीएममा ३६ बीएची पावर उत्पादन गर्ने गथ्र्याे । साथै, यसमा फोरस्पीड गियरबक्स लगाइएको थियो ।
रोयल इनफिल्ड कन्टिनेल्टल जीटी–२५०
यो मोटरसाइकल सन् १९६५ मा ब्रिटेनमा सार्वजनिक भएको हो । यसमा टियरडाउन फ्यूल–ट्याङ्क, क्लीप–अन् ह्यान्डलबार, सिङ्गल क्याफे–रेसर स्टाइल, रियरसेट फुटरेस्ट र अपस्वेप्ट एक्जस्ट लगाइएको थियो ।

मोटरसाइकल रातो र सेतो दुई कलर अप्सनमा उपलब्ध थियो । यसमा दिइएको २४८ सीसी क्षमताको सिङ्गल सिलिन्डर मोटरले ७५ हजार आरपीएममा २१ बीएचपी पावर उत्पादन गथ्र्याे भने यसमा फोरस्पीड ट्रान्समिसन दिइएको थियो ।
इन्टरसेप्टर–७५०
सन् १९६० देखि १९६८ बीचमा अमेरिकी बजारमा चर्चित यो मोडलमा दुई इन्जिन अप्सन दिइएको थियो । यसमा ६९२ सीसी र ७३६ सीसी क्षमताको इन्जिन लगाइएको थियो ।

एक वर्षपश्चात् सन् १९६१ मा इन्टरसेप्टर–७५० को दोस्रो सिरिज सार्वजनिक भएसँगै यसको उत्पादन बन्द भएको थियो । यसमा उपलब्ध ७३६ सीसी क्षमताको ट्वाइन सिलिन्डरले ६ हजार आरपीएम ५२.५ बीएचपी पावर उत्पादन गथ्र्यो । यसको इञ्जिनमा फोरस्पीड गियरबक्स दिइएको थियो भने प्रतिघन्टा १७५ किलोमिटर रफ्तार पकड्न सक्थ्यो ।
रोयल इनफिल्ड लाइटेनिङ्ग–५३५

रोयल इनफिल्ड थन्डरबल्र्डले रिप्लेस गरेको लाइटेनिङ्ग–५३५ क्रूजर मोटरसाइकल हो । बुलेट–५०० मा लगाइएको ५३५ सीसी क्षमताको इन्जिनले १८ बीएचपी पावरकासाथै २६.९ एनएम टर्क उत्पादन गथ्र्याे । तर, यसमा लगाइएको सोही इन्जिनले ५४ सय आरपीएममा २६ बीएचपी पावरकासाथै ३ हजार आरपीएममा ३८.४० एनएम टर्क उत्पादन गथ्र्यो । यसमा फोरस्पीड गियरबक्स दिइएको थियो ।
रोयल इनफिल्ड टाउरोस–३२५
त्यस्तै, कम्पनीको अर्काे मोटरसाइकल टाउरोस–३२५ भारतीय बजारमा समेत बिक्री–वितरण गर्ने गरिन्थ्यो । यसमा लगाइएको ३२५ सीसी क्षमताको सिङ्गल सिलिन्डर डिजेल मोटरले ६.५ बीएचपी पावरकासाथै १५ एनएम टर्क उत्पादन गर्ने गथ्र्याे ।

यसमा फोरस्पीड गियरबक्स लगाइएको थियो । ८५ किलोमिटर माइलेज रहेको यो मोटरसाइकलको टपस्पीड क्षमता प्रतिघन्टा ६५ किलोमिटर थियो । १९६ कुल तौल रहेको यो मोटरसाइकल सन् १९८० देखि २००० हजारसम्म निकै चर्चित थियो ।


