काठमाडौं । मारुती सुजुकीले आगामी नोभेम्बरमा भारतीय बजारमा भिटारा ब्रेजाको फेसलिफ्ट भर्सन ल्याउँने तयारी गरिरहेको छ । कम्पनीले सन् २०१६ मा सार्वजनिक गरेको यस मोडलले राम्रो बजार पाइरहेको थियो ।तर गत फेब्रुअरीमा महिन्द्रा एक्सयूभी ३०० र मे मा हुन्डाइ भेन्यू सार्वजनिक भएसँगै भारुती ब्रेजा थप दबाबमा परेको हो ।
प्रतिस्पर्धी मोडलको ब्यापार बढेसँगै मारुतीले ब्रेजालाई पनि थप विशेषता सहित बजारमा ल्याउने योजना बनाएको हो । यसले हुन्डाई भेन्यू, एक्सयूभी–३०० र इकोस्पर्टसँग प्रतिस्पर्धा गर्दै आएको छ । फेसलिफ्ट भर्सनले पनि सोही मोडल प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ । यसमा यस्ता विशेषता थपिएका छन् ।
डिजाइन
यसको लम्बाई ४ हजार १७५ एमएम, चौडाई १७७५ र उचाई १६१० हुने कम्पनीले जनाएको छ । यसमा २५०० एमएको ह्वीलवेश र १८५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइने छ । यसको ह्वीलवेश र ग्राउन्ड क्लियरेन्स प्रतिस्पर्धी मोडल क्रेटा र यसको रेगुलर मोडलको भन्दा बढी हुने छ । अल ब्लाक पेन्ट सेममा आउने ब्रेजामा एलइडी डे टाइम रनिँग लाइट, १७ इन्च पोलिश अलोय ह्वील, सर्कुलर फग ल्याम्प दिइने छ ।
क्याबिन
अल ब्लाक इन्टेरियरसंगै सर्कुलर एयर कन्डिसनिंग भेन्ट, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एडप्टीड क्रुज कन्ट्रोल सिस्टम, ४.२ इन्च एमआइडी, ब्लाइन्ड स्पट मनिटरिंग, डबल सेन्सर ब्रेक सपोर्ट, प्यानोरमिक सनरुफ, पुश बटन स्टार्ट स्टप र किलेस इन्ट्रीको विशेषता दिने कम्पनीले जनाएको छ । यसमा दिइएको बुट स्पेश प्रतिस्पर्धी मोडलको भन्दा ठूलो भएको कम्पनीले जनाएको छ ।
इन्जिन
यसमा १.४ लिटर टर्बाे बुस्टरजेट एसजेडएस अलग्रिप इन्जिनसंगै ६ स्पीट अटोमेटिक गियरबक्स लगाउँने कम्पनीले जनाएको छ । यसले १४० पीएस पावरका साथै २२० एनएम टर्क उत्पादन गर्छ । यस्तै, यसमा बीएस–६ मापदन्ड अनुरुपको १.५ लिटर एसएचभीएस इन्जिन लगाउँने भएको छ ।
ब्रेजाको अन्तराष्ट्रिय स्पेकमा भने १.० लिटर टर्बाे बुस्टरजेट इन्जिन लगाउँने भएको छ । यसले भने, १११ पीएस पावरका साथै १७० एनएटर्क उत्पादन गर्छ । १.६ लिटर भिभीटी पेट्रोल इन्जिनले ११७ पिएस पावरका साथै १५६ एनएम टर्क उत्पादन गर्नेछ ।
प्रतिस्पर्धा
मिड साइज एसयूभीको रुपमा बिक्री हुने यस मोडलले किया सेल्टोस, टाटा ह्यारियरर, हालैमात्रै सार्वजनिक भएको एमजी हेक्टरसँग पनि प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।
मूल्य
यसको मूल्य १० लाख भारुदेखि १७ लाख भारुसम्म पर्ने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा भिटारा ब्रेजा
भिटारा बे्रजा नेपाली बजारमा दुई वर्ष अगाडि भित्रिएको हो । मारुती सुजुकीको लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटोर्कपले भिटारा ब्रेजाको बिक्री गर्दै आएको छ । भिटारा ब्रेजामा १.३ लिटरको ४ सिलिन्डर डिजेल इन्जिन छ । यसले ४००० आरपीएममा ९० पीएस पावर र १७५० आरपीएममा २०० एनएम टर्क प्रदान गर्छ ।
कम्पनीका अनुसार यसले २४.३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको ग्राउन्ड क्लियरेन्स १९८ मिलिमिटर छ भने बुट स्पेस ३२८ लिटर छ ।
विभिन्न ६ वटा भेरियन्टमा बिक्री हुदै आएको बे्रजोका लो भेरियन्टको मूल्य ३७ लाख ४९ हजार र हाइ भेरियन्टको मूल्य ४५ लाख ४९ हजार रहेको छ ।


