अमेरिकी बाइक निर्माता कम्पनी हार्ले डेभिडसनले पहिलो इलेक्ट्रीक बाइक सर्वजनिक गरेको छ । हार्लेले ल्याएको इलेक्ट्रीक बाइकको नाम लाइभवायर राखिएको छ ।
यो मोटरसाइकल किनेपछि २ वर्षसम्म निःशुल्क चार्जिङको घोषणा कम्पनीेले गरेको छ । कम्पनीका अनुसार यो मोटरसाइकलको चार्जिङका लागि इलेक्ट्रीफाइ अमेरिका स्टेशनमा चार्ज गर्न सकिने छ । यो बाइकको मूल्य २९ हजार ७ सय ९९ अमेरिकी डलर अर्थात २० लाख भारु तोकिएको छ ।
यो मोटरसाइकल अमेरिक क्यानडासहित केही युरोपेली देशमा यही वर्ष सार्वजनिक हुने र २०२०–२१ अन्य देशमा जाने कम्पनीले जनाएको छ ।
हार्लेको इलेक्ट्रीक लाइभवायरले एक पटकको फुल चार्जमा २ सय ३५ किलोमटिर माइलेज दिनेछ । यो मोटरसाइकलले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाकोे दूरी ३ सेकेन्डमै तय गर्नेछ । डीसी चार्जबाट ६० मिनेटमा फुल चार्ज हुनेछ भने ४० मिनेटमा ८० प्रतिशत चार्ज हुनेछ ।


