नयाँ मारुती वागेनआर अटोगियर सिफ्ट भेरियन्टमा पनि आउने

मारुती सुजुकीले आगामी जनवरी २३ मा वागेनआरको एएमटी भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ । दुई दशकको सफलतापश्चात् मारुती सुजुकीले वागेनआरको नयाँ मोडल सावर्जनिक गर्ने भएको हो । 

भारतमा आउँदै गरेको कारमा टोन्ड–डाउन स्टाइल र लामो बोनेट दिइनेछ । सुरुमा जापानमा रहेको वागेनर–आरजस्तै आउने अनुमान गरिएकोमा पछिल्लो समय बाहिरिएको तस्विर हेर्दा यो निकै भिन्न रहेको छ । 

यसलाई कम्पनीले १.२ लिटर इन्जिनकासाथ बजारमा ल्याउने भएको छ । उक्त इन्जिनमा फाइभ–स्पीड म्यानूअल गियरबक्स र एएमटी अटोम्याटिक अप्सन दिइएको छ । स्रोतकाअनुसार मारुती सुजुकीले आफ्नो वागेन–आरमा नयाँ हर्टेक–प्लेटफर्मलाई प्रयोग गरेको छ । यसमा आधुनिक हेड–ल्याम्प्स तथा टेल–ल्याम्प्स दिइएको छ । 


Back_to_top