यस्तो छ मारुती सुजुकीको नयाँ कार ‘एक्सएल–६’

अगस्ट २१ मा सार्वजनिक हुने मारुती सुजुकी एक्सएल–६ को टिजर इमेज सार्वजनिक भएको छ । कम्पनीले यो कारको मूल्य १० लाख ३५ हजारदेखि १४ लाख ६८  हजार भारुको बीचमा राख्ने आँकलन गरिएको छ ।

सुजुकीले एक्सएल–६ मा नयाँ एलइडी हेडलाइट, रिसेप बोनेट र हनी कम्व डिजाइन ग्रिल, ठूलो क्रोम बार, एलइडी डे टाइम रनिंग लाइट जस्ता विशेषता दिएको छ । 

यस्तै, नयाँ फ्रन्ट फेसिका, रुफ रेल्स, ब्ल्याक अलोय ह्वील, डबल फ्रन्ट एयरब्याग, एबीएस इबीडी, रियर पार्किङ सेन्सर, आइएसओ फिक्स चाइल्ड सिट जस्ता फिचर दिएको अनुमान गर्न सकिन्छ । 

कारमा स्मार्ट प्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टम, लेदर अपहोलस्ट्री फेब्रिक, अल ब्ल्याक इन्टेरियर कलर र हाइट एडजस्टेबल ड्राइभर सिट दिइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यसमा ७ इन्च इन्फोटेनमेन्ट सिस्टसँगै एप्पल कार प्ले र एन्ड्रोइड अटोको बिशेषता दिइएको छ भने एलइडी हेडल्याम्प र एलइडी डीआएलएस, क्रुज कन्ट्रोल जस्ता विशेषता प्रदान गरिएको छ ।

एक्सएल–६ मा उपलब्ध के१५बि इन्जिनले ९५ पीएस पावरका साथै १३८ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।


Back_to_top